सेन्ट लरेन्स कलेज, चावहिललाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’

सेन्ट लरेन्स कलेज, चावहिललाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’

केन्द्रबिन्दु
666
Shares

काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स स्कुल एण्ड कलेजलाई प्रेस्टिजियस प्लस टु अवार्ड, २०८१’ प्रदान गरिएको छ ।

केन्द्रबिन्दु डटकमले बुधबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अग्रणी स्थानमा रहेको सेन्ट लरेन्स कलेजलाई प्रेस्टिजियस प्लस टु अवार्ड प्रदान गरिएको हो ।

सेन्ट लरेन्सले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट लरेन्समा उच्च माध्यमिक तहदेखि स्नात्तोकतरसम्मको अध्यापन हुँदै आएको छ । प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा पढाई हुँदै आएको छ भने स्नातकमा बीएसी सीएसआईटी, बीसीए,बीबीएस, बीएरबीएसडब्लुको पढाई हुँदै आएको छ । सेन्ट लरेन्सले किताबी ज्ञानले मात्र नभई विषयगत भ्रमण तथा तालिम समेत सञ्चालन गरेर विद्यार्थीको क्षमतामा निखार ल्याउन सहजीकरण गर्दै आएको छ । साथै विद्यार्थीमा भएको क्षमतालाई परिस्कृत गर्न सेन्ट लरेन्सले एक्सट्रा क्लास,गेष्ट लेक्चरलका कक्षा समेत हुँदै आएको छ । विद्यार्थीका लागि विषय अनुसारका इन्टर्नसिपका कार्यक्रम हुने गरेको छ ।

Skip This
Skip This
Logo