एस इन्सिच्युट अफ म्यानेजमेन्ट कलेजद्वारा आयाेजित ‘इन्टरनेसनल इन्टरकलेज म्यानेजमेन्ट स्पेक्ट्रम २०२४’ सम्पन्न

एस इन्सिच्युट अफ म्यानेजमेन्ट कलेजद्वारा आयाेजित ‘इन्टरनेसनल इन्टरकलेज म्यानेजमेन्ट स्पेक्ट्रम २०२४’ सम्पन्न

केन्द्रबिन्दु
182
Shares

एस इन्सिच्युट अफ म्यानेजमेन्ट कलेजले नेपालकै सबैभन्दा ठुलो ‘इन्टरनेसनल इन्टरकलेज म्यानेजमेन्ट स्पेक्ट्रम २०२४’ आयोजना गरेको छ । यो कार्यक्रम कलेजमै अध्ययनरत अन्डरग्य्राज्युएट विद्यार्थीहरुले गरेका हुन् । यो कार्यक्रममा नेपालभित्र र बाहिरका ब्याचलरमा अध्ययनरत विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कक्षा कोठामा पढिएका मार्केटिङ, एचआर, फाइनान्स, आन्टरप्रेनरसिप, आइआर जस्ता विभिन्न विषयहरु व्यवहारिक जीवनमा कसरी लागु गर्ने, वास्तविक जीवनमा आउने समस्याको कसरी समाधान गर्ने भन्ने विषयलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको सोही कलेजमा अध्ययनरत विद्यार्थी स्विकृती न्यौपाने बताइन् ।

एस इन्सिच्युट अफ म्यानेजमेन्ट कलेजले स्पेक्ट्रम सन् १०१६ मा सुरु गरेको कार्यक्रम हो । स्पेक्ट्रम कार्यक्रमअन्तर्गत आठौं संस्करणको यस प्रतियोगितामा १६ कलेजहरुको सहभागिता रहेको थियो । स्पेक्ट्रम कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सोही कलेजमा अध्ययनरत १४० विद्यार्थीहरुले विगत २ महिनादेखि अथक मेहनत गरेका थिए ।

उक्त कार्यक्रममा ५ शिर्षक मार्केटिङ, फाइनान्स, आन्टरप्रेनरसिप, ह्युमन रिसर्च, इन्टरनेसनल रिलेसन्स् मा प्रतिस्पर्धा गरिएको थियो । ५ भिन्न शिर्षकमा सहभागी १६ वटै कलेजबाट ५–५ विद्यार्थीले सहभागिता जनाएका थिए । उक्त प्रतिस्पर्धात्मक कार्यक्रमको विजेता व्यक्तिगत प्रदर्शन र समूहको प्रर्दशन हेरेर गरिएको थियो । समग्र प्रतियोगितामा प्रथम भएको काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट कलेजले एक लाख पुरस्कार पाएको थियो । यस्तै दोस्रो इस्लिङ्टन कलेज र तेस्रो हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्स कलेजले विभिन्न गिफ्ट ह्याम्परहरु जितेका थिए ।

कुन विधामा कुन कलेज विजयी भए ?

एचआर

पहिलोः इस्लिङ्टन कलेज
दोस्रोः एस इन्टरनेसनल बिजनेश स्कुल
तेस्रोः डिएभी कलेज

फाइनान्स

पहिलोः इटहरी इन्टरनेसनल कलेज
दोस्रोः हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्स
तेस्रोः सफ्टवेरिका कलेज अफ आइटी एण्ड ई-कमर्स

आन्टरप्रेनरसिप

पहिलोः काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट
दोस्रोः सरस्वती मल्टिपल क्याम्पस
तेस्रोः टेकअस्पायर कलेज

आइआर

पहिलोः किंग कलेज
दोस्रोः इस्लिङ्टन कलेज
तेस्रोः काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट

ग्रुप टास्क

पहिलोः कुसुम कलेज
दोस्रोः इस्लिङ्टन कलेज
तेस्रोः सफ्टवेरिका कलेज

Logo