काठमाडौँ । दुई विषयमा नन्ग्रेडेड हुनेले मात्रै १२ कक्षाको पुरक परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने भएको जनाएको हो ।
बोर्डले जारी गरेको विज्ञप्तिमा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका परीक्षामा सहभागी हुन पाउने उल्लेख छ ।
शुक्रबार सार्वजनिक कक्षा १२ को नतिजाअनुसार १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेडमा परेका छन् । कूल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका हुन् ।
दुईभन्दा बढी विषयमा ननग्रेड आएका परीक्षार्थीहरूले भने अर्को वर्ष परीक्षा दिनुपर्नेछ।





























प्रतिक्रिया