काठमाडौं । शिक्षक सेवा आयोगले मावि तहका ५ विषयको अस्थायी शिक्षकको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक गरेको हो । गत असारमा अस्थायी शिक्षकहरूको लिखित परीक्षा लिईएको थियो । फागुनमा मौखिक परीक्षा परीक्षा सञ्चालन भएको थियो ।
आयोगले निम्न माद्यमिक र प्राथमिक तहको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको छ । अब अंग्रेजीलगायत विषयका नतिजा आउन बाँकी छ ।
नतिजा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोसः
कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको कार्यालय सं तथा लेखा विषयको अन्तीम नतिजा:
कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको अर्थशास्त्र विषयको अन्तीम नतिजा:
कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको स्वजवा विषयको अन्तीम नतिजा:
कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको स्वाशा कम्प्युटर शिक्षा र संस्कृत विषयको अन्तीम नतिजा
कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको सामाजिक विषयको अन्तीम नतिजा:































प्रतिक्रिया