‘१५औँ इक्यान मल्टि-डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’मा विद्यार्थीको आकर्षण [फोटोफिचर]

‘१५औँ इक्यान मल्टि-डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’मा विद्यार्थीको आकर्षण [फोटोफिचर]

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । ‘इक्यान मल्टी–डेस्टिनेसन एजुकेशनल फेयर–२०२४’ मा उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुकाे घुइँचो देखिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बानेश्वरको एभरेष्ट होटलमा आयोजना गरेको १५औं संस्करणको यो मेलामा अध्ययनको लागि उपयुक्त देश छनोट बारे बुझ्न विद्यार्थीहरू मेलामा पुगेका हुन् ।

नेपालबाट पछिल्लोसमय अध्ययनका लागि विदेश जाने ट्रेन्ड बढ्दै जाँदा विद्यार्थीहरूले सही मार्ग अपनाउन सकुन् भन्ने उद्देश्यका साथ इक्यानले यो मेलाको आयोजना गरेको हो । ५० भन्दा बढी स्टल रहेका उक्त मेलामा परामर्श संस्थाहरूले विद्यार्थीहरुलाई आफूले पठाउने देश र त्यहाँका विश्व विद्यालयका बारेमा बुझाइरहेका छन् ।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेकाे छ ।

बिहान १० बजेदेखि सुरु भएकाे यो शैक्षिक मेला बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । अहिले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरू परामर्श दताहरुले राखेका स्टलमा आएर बुझ्ने क्रम जारी छ ।

Skip This
Skip This
Logo