नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको अध्यक्षमा खतिवडा

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको अध्यक्षमा खतिवडा

केन्द्रबिन्दु
0
Shares

नवलपरासी । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको अध्यक्षमा डा. मोहन खतिवडा चयन भएका छन् । पश्चिम नवलपरासीमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनमार्फत खतिवडा अध्यक्षमा चयन भएका हुन् ।

सम्मेलनले डा खतिवडाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डा. भगवानचन्द्र ज्ञवाली, महासचिवमा हिमलाल पराजुली, सचिवमा खोपीराम वली र कोषाध्यक्षमा भीमबहादुर भण्डारी चयन भएका छन् ।

त्यस्तै सदस्यमा कृष्ण घिमिरे, धर्म थापा, डा. तीर्थ श्रेष्ठ, हरिचन्द्र कमली, प्रेमसिंह भाट, कुम्भराज बडुवाल, भुवन मल्ल, वंशीधर आचार्य, सूर्यप्रसाद भट्टराई, गणेश राना, शेरचन्द्र गिरी, हेमराज पौडेल, सुशील भट्टराई, सागर अधिकारी र डा. शिवशङ्कर बस्याल रहेका छन् ।

राष्ट्रिय सम्मेलनमार्फत शैक्षिक विषयवस्तुमा केन्द्रीय विविध १४ बुँदे शैक्षिक घोषणापत्र सार्वजनिक गरिएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले विश्वविद्यालयमा सुधारका लागि विभिन्न माग राखेको छ ।

घोषणापत्रमा विश्वविद्यालयमा हुने भागबण्डा बन्द हुनुपर्ने, विश्वविद्यालयका परीक्षा तथा सेवा आयोगको परीक्षा मर्यादित र व्यवस्थित हुनुपर्ने माग उल्लेख गरिएको छ ।

यसैगरी घोषणापत्रमा विश्वविद्यालयले सम्बन्धन दिने प्रक्रिया तत्काल परिमार्जन गरिनुपर्ने साथै प्रादेशिक विश्वविद्यालय विशुद्ध प्राविधिक तथा व्यावसायिक मात्र हुनुपर्ने उल्लेख छ । रासस

Skip This
Skip This
Logo