आइएसएमटी कलेजकाे एक्स्पो सम्पन्न

आइएसएमटी कलेजकाे एक्स्पो सम्पन्न

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित आइएसएमटी कलेजले आयोजना गरेको आइएसएमटी एक्स्पो सम्पन्न भएको छ ।

२ दिनसम्म चलेको एक्स्पोमा कलेजमा आईटीमा अध्ययनरत विद्यार्थीहरुले बनाएको रोवर्ट, गेमिङ, लाई डिटेक्टरलगायत विभिन्न २० वटा प्राेजेक्टहरुको प्रदर्शनी राखिएको थियो ।

विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरुलाई प्रोत्साहन गर्न उनीहरुको क्षमतालाई प्रदर्शन गर्न आयोजित उक्त एक्स्पोमा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुले अवलोकन गर्नुका साथै विद्यार्थीहरुसँग उनीहरुको प्रोजेक्टको बारेमा अन्तरक्रिया गर्नुको साथै उज्वल भविष्यको शुभकामना दिएका थिए ।

साथै उक्त कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चार हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन गरेका थिए ।

आइएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सण्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरेको छ ।

Skip This
Skip This
Logo