अब बनेपामा पनि सक्सेस अब्राेड स्टडी, काठमाडौं जाने बाध्यताको अन्त्य हुने दाबी

अब बनेपामा पनि सक्सेस अब्राेड स्टडी, काठमाडौं जाने बाध्यताको अन्त्य हुने दाबी

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा पनि सक्सेस अब्राेड स्टडी सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका बीचमा शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानले कन्सल्टेन्सीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यसले काभ्रेका विद्यार्थी वैदेशिक उच्च शिक्षा अध्ययनकोे तयारीका लागि काठमाडौं जाने बाध्यताको अन्त्य हुने सक्सेस अब्राेड स्टडीकी संचालक शर्मिला तिमल्सिनाले बताइन् । गुणस्तरीय, समयसापेक्ष र प्रविधियुक्त शिक्षण सिकाईका लागि नयाँ व्यवस्थापनसहित कक्षा सुरु गरिएको छ ।

आज बृहत शैक्षिक मेलाको आयोजना गरिएको थियो । मेलामा जापानका शीर्ष संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गर्ने अवसर मिलेको थियो । साथै सय जना विद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ ।

मेलाले वैदेशिक अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरुको यात्रालाई नयाँ दिशा प्रदान गरेको संचालक तिमल्सिनाको दाबी छ ।

काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको सक्सेस स्टडिले १० वर्षमा १ हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि पठाइसकेको छ । जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको छ । उक्त देशहरुमा जानका लागि निःशुल्क मास्टरक्लास समेत सञ्चालन गर्ने तयारी छ ।

Skip This
Skip This
Logo