पुस्तक प्रदर्शनीमा पाठकहरूको घुइँचो[फोटोफिचर]

पुस्तक प्रदर्शनीमा पाठकहरूको घुइँचो[फोटोफिचर]

केन्द्रबिन्दु
309
Shares

काठमाडौं । भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ पुष १७ गतेदेखि जारी छ।

पठन संस्कृतिको विकास र प्रवद्र्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको उद्देश्यका साथ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त पहलमा प्रदर्शनीको आयोजना गरिएको हो।

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, भारत लगायतका १५ वटा देशको सहभागिता रहेको छ। प्रदर्शनीमा दुई हजार भन्दा बढी पुस्तक व्यापारीहरूको सहभागिता रहेको छ। प्रदर्शनीमा साहित्यिक, आध्यात्मिक, लोकसेवा, चिकित्सा शिक्षा, बाल साहित्य, चिनियाँ भाषा जस्ता विभिन्न विधाका पुस्तकहरूको अवलोकन गर्न पाउने छन्। १ सय ५० वटा स्टल राखिएको उक्त प्रदर्शनी २१ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनी गएर पुस्तक किन्दा २० देखि २५ प्रतिशतसम्म छुट दिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिवसागर शर्माले जानकारी दिए।

Logo