सरस्वती बहुमुखी क्याम्पसमा हल्ट प्राइजको व्यावसायिक क्यानभास मोडेल कार्यशाला सम्पन्न

सरस्वती बहुमुखी क्याम्पसमा हल्ट प्राइजको व्यावसायिक क्यानभास मोडेल कार्यशाला सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सरस्वती बहुमुखी क्याम्पसले हल्ट प्राइज प्रतियोगिता अन्तर्गत व्यावसायिक क्यानभास मोडेल सम्बन्धी कार्यशाला भव्य रुपमा सम्पन्न गरेको छ ।

यो कार्यशालाले उत्साही उद्यमशीलतालाई सशक्त बनाउन तथा नवीन व्यावसायिक योजनाहरूका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यसले आइडिया भिज्योलाइजेसनमा पनि प्रेरणा मिलेको छ।

कार्यशालामा डा. जितेन्द्र डंगोलको नेतृत्वमा सहभागीहरूले भ्यालु प्रपोजिसन, कस्टमर सेग्मेन्टेसन, रेभेन्यू स्ट्रिम्स र की एक्टिभिटिज लगायतका क्यानभास मोडेलका प्रमुख पक्षहरूबारे गहिराइमा अध्यापन गरेका थिए । व्यावसायिक क्यानभास मोडेल, यसको प्रयोगात्मकता र भिजुअल संरचनाका कार्यशालाको प्रमुख केन्द्रबिन्दु थियो । सहभागीहरूले यसका प्रमुख भागहरू सरल भाषामा सिकाइ गरेका छन् । डा. डंगोलको ज्ञानले विद्यार्थीहरूलाई उद्यमशीलताको लक्ष्यलाई दीगो विकासका उद्देश्यहरूसँग समायोजन गर्न र प्रभावकारी समाधानहरू सिर्जना गर्न प्रेरित गरेको आयोजकले जनाएको छ ।

व्यावसायिक क्यानभास मोडेलले कुनै पनि व्यावसायिक अवधारणाको व्यावहारिकता र कार्यान्वयन योग्यताको सुनिश्चितता गर्दछ । ‘जति रचनात्मकता र नवप्रवर्तन महत्त्वपूर्ण छ, त्यति नै यस विचारलाई वास्तविक संसारमा कार्यान्वयन गर्न सकिने क्षमता पनि जरुरी छ । क्यानभास मोडेलले सहभागीहरूलाई अवधारणा र कार्यान्वयनको बीचको दूरी हटाउन सहयोग पुगाउँछ, जसले समाधानलाई दुवै व्यावहारिक र नविन बनाउँछ ।’ आयोजकले भनेको छ ।

Logo