काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित वीरा एजुकेशन कन्सल्टेन्सीले युके अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरी ‘युके एसेसमेन्ट डे’को आयोजना गरेको छ ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई उक्त देशको बारेमा, शिक्षा, त्यहाँको रहनसहन लगायत विद्यार्थीलाई उपयुक्त सूचना दिने उदेश्यले वीरा एजुकेशनले युके एसेसमेन्ट डेको आयोजना गरेको हो । युके एसेसमेन्ट डे को औपचारिक उद्घाटन प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले गरेका थिए । युके एसेसमेन्ट डेमा परामर्श लिने विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
साे अवसरमा उनले वीरा एजुकेशन कन्सल्टेन्सीले सुरुवाती कालदेखि नै विद्यार्थीहरुलाई प्रभावकारी रुपमा परामर्श दिँदै आएको र आगामी दिनहरुमा अझै राम्रो गर्ने विश्वास व्यक्त गरे ।

एसेसमेन्ट डे आयोजना गर्नुको मुख्य उदेश्य विद्यार्थी कुन देश जान योग्य छ त्यसको पहिचान गर्नु र परामर्श दिनु हो ।
विद्यार्थी स्वयं पनि म कुन देशमा जाँदा उपयुक्त हुन्छ भन्ने निर्णय लिन सहज होस् भन्ने उदेश्य रहेको वीरा कन्सल्टेन्सीकी प्रवन्ध निर्देशक रेस्मा महर्जनले केन्द्रविन्दुलाई जानकारी गराइन् ।

वीरा कन्सल्टेन्सीले सन् २०२२ देखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएको छ । विशेषगरी, अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, फिनल्याण्ड जस्ता देशमा जाने विद्यार्थीलाई परामर्श दिने गर्दछ ।

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई पढाई र करियरको बारेमा मात्र परामर्श दिने गर्दैन, विद्यार्थी कुन देशमा जान चाहेको हो त्यो देशमा कुन काम सजिलै पाइन्छ, त्यसको आधारमा विद्यार्थीलाई सहज होस् भनेर सिप सिक्नको लागि पनि कन्सल्टेन्सीले अभिप्रेरित गर्दै आएको छ ।
वीरा एजुकेशन कन्सल्टेन्सीले हरेक दुई हप्तामा एसेसमेन्ट डे को आयोजना गर्दै आएको छ ।

हरेक एसेसमेन्ट डे मा फरक-फरक देशलाई लक्षित गर्दै आएको कन्सल्टेन्सीले मंगलबार युके एसेसमेन्ट डेको आयोजना गरेको हो । उक्त एसेसमेन्ट डेमा सम्पूर्ण विद्यार्थीलाई ग्रुपमा विभाजन गरी युकेको बारेमा परामर्श दिइएको थियो ।





























प्रतिक्रिया