पिनाकल स्कुलद्वारा ‘पिनाकल किड्स प्याराडाइज’ कार्यक्रम आयोजना

पिनाकल स्कुलद्वारा ‘पिनाकल किड्स प्याराडाइज’ कार्यक्रम आयोजना

केन्द्रबिन्दु
456
Shares

काठमाडाैं । ललितपुर लगनखेलस्थित पिनाकल स्कुलले ‘पिनाकल किड्स प्याराडाइज’ कार्यक्रम आयोजना गरेको छ ।

शनिबार स्कुलकाे प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा स्कुल परिवार र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । नयाँ शैक्षिकसत्रको सुरुवातअघि आयोजित उक्त कार्यक्रमलाई स्कुलले महोत्सवझैं सेलिब्रेट गरेको थियो । विशेषगरी साना बालबालिकालक्षित उक्त कार्यक्रममा गेमिङ जोन, फुड स्टल र प्लेइङ स्टेसनलगायत आकर्षण राखिएको थियो।

‘पिनाकल किड्स प्याराडाइज’ कार्यक्रममा स्कुलका मात्रै नभएर स्कुल बाहिरबाट पनि सहभागी जनाएका सबै साना बालबालिकाहरुले खेल्नु र रम्नुका साथै फुड स्टलबाट मिठो–मिठो परिकारको स्वाद पनि चाखेका थिए ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापनलगायत जिम्मेवारी ४ देखि ९ कक्षाका विद्यार्थीहरुले सम्हालेका थिए ।

स्कुलका कोअर्डिनेटर मुकुण्द तिमिल्सिनाले यस प्रकारका कार्यक्रमबाट विद्यार्थीहरुले लिडरसिप कसरी गर्ने, व्यवस्थापन, आफैंले बनाएको परिकार कसरी बिक्री गर्नेलगायत जिवनोपयोगी सिप सिक्ने मौका पाएको बताए । यसका साथै उनले यहि माघ २१ गते स्कुलको प्राङ्गणमा सम्पन्न हुन गइरहेको सरस्वती पूजामा उपस्थित भई दिउँसो हुने अक्षराम्भमा सहभागी भई नर्सरीदेखि यूकेजीसम्मका बालबालिकाको निःशुल्क एड्मिसन गराउन सक्ने पनि जानकारी दिए ।

Logo