काठमाडौं । चावहिलमा अवस्थित सेन्ट लरेन्स कलेजले स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायहरूको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्रमुख आतिथ्यमा शनिबार आयोजित एक विशेष कार्यक्रमबीच कलेजको एमबीएस, बीएससी सीएसआईटी, बीसीए, बीबीएस, बीए, बीएसडब्ल्यू संकायहरूको वार्षिकोत्सव भव्य रूपमा मनाइएको हो ।
कार्यक्रममा कलेजका अध्यक्ष केशव दंगाल, प्रधानाध्यापक तारा प्रसाद सुवेदी, क्याम्पस प्रमुख पुरूषोत्तम महर्जन, निर्देशक विष्णुहरी नेउपाने, प्राध्यापकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा त्रिभुवन विश्वविध्यालय तथा कलेजको आन्तरिक परिक्षाहरु तथा विविध अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विध्यार्थीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अवसरमा कलेजका अध्यक्ष दंगालले हजारौं विद्यार्थीहरूको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, अनुशासन र सीप वृद्धि गर्न कलेज निरन्तर लागिपरेको बताए ।
यसैगरी क्याम्पस प्रमुख महर्जनले उच्च शिक्षा प्राप्त गरिरहेका विद्यार्थीहरूलाई रोजगारको अवसर प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समझदारी गरिसकेको जानकारी गराए ।































प्रतिक्रिया