हल्ट प्राइज सरस्वती बहुमुखी क्याम्पसद्वारा “इन्भेष्टर म्यागनेटः आफ्नो पिचिङ क्षमता वृद्धि गरौं” कार्यशाला सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी क्याम्पसद्वारा “इन्भेष्टर म्यागनेटः आफ्नो पिचिङ क्षमता वृद्धि गरौं” कार्यशाला सम्पन्न

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । सरस्वती बहुमुखी क्याम्पस अन्तर्गत हल्ट प्राइज एट एसएमसी द्वारा “इन्भेष्टर म्यागनेट: आफ्नो पिचिङ क्षमता वृद्धि गरौं” नामक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यशालामा दीपेन्द्र जोशी जाे सफल उद्यमी, लगानीकर्ता तथा सरस्वती बहुमुखी क्याम्पसका पूर्वविद्यार्थी, प्रमुख प्रशिक्षकका रूपमा उपस्थित थिए। कार्यशालाको उद्देश्य विद्यार्थीहरूलाई उद्यमशीलताको क्षेत्रमा लगानीकर्ताहरूलाई प्रभाव पार्ने प्रभावकारी पिचिङ सिप प्रदान गरेका थिए ।

दीपेन्द्र जोशीले उद्यमशीलता र लगानीको आफ्नै अनुभव बाँड्दै कसरी प्रभावशाली र आकर्षक पिच तयार गर्ने भन्ने विषयमा मार्गदर्शन प्रदान गरे। कार्यशालामा उनले कथा वाचन (स्टोरीटेलिङ), प्रस्तुति सीप, लगानीकर्ताहरूलाई आकर्षित गर्ने तरिका तथा व्यवसायिक विचारलाई उजागर गर्ने मुख्य पक्षबारे विस्तृत रूपमा प्रशिक्षण दिए। साथै, उनले विभिन्न प्रकारका लगानीकर्ताका लागि पिचिङ शैली कसरी परिमार्जन गर्ने भन्ने महत्वपूर्ण जानकारी पनि प्रस्तुत गरे।

कार्यशाला इंटरेक्टिभ (अन्तरक्रियात्मक) रूपमा सम्पन्न भएको थियो, जसमा विद्यार्थीहरूले मोक पिच सेसनमा भाग लिएर जोशी तथा आफ्ना सहकर्मीहरूबाट रचनात्मक प्रतिक्रिया प्राप्त गरे। सहभागीहरू आफ्नो व्यावसायिक विचारहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न अझ आत्मविश्वासी भएका अनुभव बाँडे।

यस प्रकारका कार्यक्रमहरू सरस्वती बहुमुखी क्याम्पसको उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य अनुरूप आयोजना गरिँदै आइरहेका छन्, जसले विद्यार्थीहरूलाई व्यावसायिक संसारमा सफल बनाउन सहयोग पुर्‍याउनेछ।

Logo