काठमाडौं । आज हिमालय कलेज अफ इन्जिनियरिङ्गले ह्याकाथन आयोजना गर्दैछ ।
विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न कठिन नहोस् भन्ने उदेश्यका साथ ललितपुरको च्यासलस्थित कलेज प्राङ्गणमा ह्याकाथन आयोजना गरिएको हो । कलेजले हरेक वर्ष विभिन्न नाराका साथ यस्तो आयोजना गर्दै आएको छ ।
कजेजमा विद्यमान रहेका संस्थाहरु हिमालय आइटी क्लव, हिमालय इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर क्लव, हिमालय रोबोटिक्स क्लव र स्वतन्त्र विद्यार्थी परिषदद्धारा संचालनमा आउने ह्याकाथन दुई दिन सम्म चल्ने छ ।
ह्याक भनेको क्र्याक र म्याराथुन भनेको दौडनु हो । मानिसको दैनिक जीवनमा अनेकन समस्या आउँछन्, ती समस्यालाई कम्प्युटरमा एप बनाएर वा सफ्टवेयरको माध्यमबाट दैनिक जीवनलाई सहज बनाउनेलाई ह्याकाथन भनिन्छ ।
हरेक विद्यार्थीसँग विभिन्न आइडिया हुन्छन्, सबैको दिमाग फरकफरक हुन्छ र नयाँ–नयाँ आइडिया जन्मन सक्छ । त्यसैलाई मध्यनजर गर्दै कलेजले यो वर्ष पनि यो प्रतियोगितालाई निरन्तरता दिएको हो । यस प्रतियोगितामा उपत्यकाभित्र रहेका ३० भन्दा बढी इन्जिनियरिङ्ग तथा आइटी कलेजहरुले भाग लिने आयोजकले जनाएको छ । सो क्रममा पेपर ब्रिज प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता, गेमिङ्ग, प्रब्लेम सोल्भिंग प्रतियोगिता, कोड वार, र टेकनिकल क्विज जस्ता क्रियाकलापहरूको पनि आयोजना हुने बताइएको छ ।
उक्त कार्यक्रमको औपचारिक उद्घाटन प्रो. डा. गजेन्द्र प्रसाद शर्माले गर्दैछन् ।
विभिन्न आइटी तथा इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि करियर फेष्ट पनि हुने गइरहेको आयोजक कमिटीका अध्यक्ष हिमानी भट्टराइले जानकारी दिइन् ।





























प्रतिक्रिया