काठमाडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित ह्याकाथन प्रतियोगिता र करियर फेस्ट सुरु भएको छ । जसलाई ‘कोड यात्रा’ को नाम दिइएको छ ।
विद्यार्थीको सिपलाई उजागर गर्ने, नयाँ आइडियालाई मूर्त रुप दिने तथा विभिन्न कलेजका विद्यार्थीहरुको आइडियालाई एकअर्कासँग आदान प्रदान गर्ने उदेश्यले ह्याकाथनको आयोजना गरिएको हो । हिमालय कलेज अफ इन्जिनियरिङमा अध्ययनत विद्यार्थी क्लब हिमालय आईटि, हिमालय इलेक्ट्रोनिक्स एन्ड कम्प्यूटर र हिमालय रोवाेटिक्स क्लवले संयुक्त रुपमा ह्याकाथन प्रतियोगिता र करियर फेस्टको आयोजना गरेका हुन् ।
कलेजकै प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको लागि हिमालय कलेज अफ इन्जिनियरिङले भौतिक पूर्वाधार उपलब्ध गराएर सहयोग गरेको छ ।
कलेजका प्रिन्सिपल किशोर गौतमले विद्यार्थीले आयोजना गरेको यस कोड यात्रा कार्यक्रमले विद्यार्थीलाई आईटि क्षेत्रमा स्थापित हुन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । औपचारिक कार्यक्रमको प्रमुख अथितिको रुपमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. गजेन्द्र शर्मा रहेको थिए ।

सो अवसरमा प्रा.डा. गजेन्द्र शर्माले विद्यार्थीले आयोजना गरेका यस प्रकारका प्रोजेक्ट बेस कार्यक्रम प्रसंशनीय रहेको उल्लेख गर्दै उनले थपे– “नेपाल आईटि क्षेत्रमा अन्य देश भन्दा पछाडि रहेको छ । यसको मुख्य कारण गभरर्मेन्ट अवार्नेस र पव्लिक अवार्नेस नहुनु, ल्याक अफ पोलिसी हो ।”
साथै उनले कोड यात्राको सफलताको कामना पनि व्यक्त गरे ।
ह्याकाथनमा काठमाडौं उपत्यकाको विभिन्न इन्जिनियरिङ्ग तथा आईटी ३५ कलेजका विद्यार्थीहरुको सहभागिता रहेको छ । ती कलेजका विद्यार्थीलाई ३५ टिममा विभाजन गरिएको छ ।

उक्त कार्यक्रमका लागि आयोजक पक्षले हरेक टिमलाई फरक फरक थिम दिनेछ । सोही थिममा आधारित रही विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट बनाउनु पर्नेछ । प्रोजेक्ट सकाउनका लागि ४८ घण्टाको समय निर्धारण गरिएको छ । उक्त समयभित्र विद्यार्थीहरुले आफ्नो आइडियालाई कम्प्युटरको माध्यमबाट पूर्ण रुप दिनुपर्नेछ ।

तीन दिन अर्थात् २९ गते सम्म सञ्चालन हुने उक्त ह्याकाथनमा सहभागी विद्यार्थीहरुलाई कलेजमै खाने र बस्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको अन्तिम दिनमा कुन टिमले उत्कृष्ट प्रोजेक्ट बनायो भनेर निर्णय गरी विजेता घोषणा गरिनेछ ।

त्यसैगरी आईटि र इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुलाई सहजै बजारसँग आवद्ध गराउने उदेश्यले करियर फेस्टको आयोजना पनि गरिएको छ । सहज रुपमा विद्यार्थीलाई जागिर र इन्टर्नसीपको लागि विभिन्न आइटी कम्पनीहरुसँग सहकार्य गर्ने हेतुले करियर फेस्टको आयोजना गरिएको हो । यस कार्यक्रममा हिमालय कलेज लगायत अन्य आईटी र इनिजनियरिङ कलेजका विद्यार्थी समेत सहभागी भई आफूलाई सुहाँउदो कम्पनीसँग आवद्ध हुन सक्छन् ।

हिमालय कलेज अफ इन्जिनियरिङ्गका विद्यार्थीहरुले सन् २०१६ देखि ह्याकाथन आयोजना गर्दै आएका छन् भने करियर फेस्ट पहिलो पटक आयोजना गरिएको हो ।






























प्रतिक्रिया