ओली एन्ड एसोसिएट्स नेपालद्वारा अष्ट्रेलिया अध्ययनका लागि विशेष जानकारी सत्रको आयोजना

ओली एन्ड एसोसिएट्स नेपालद्वारा अष्ट्रेलिया अध्ययनका लागि विशेष जानकारी सत्रको आयोजना

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आईटी तथा कम्प्युटर विज्ञानमा करियर बनाउने चाहने विद्यार्थीहरूलाई लक्षित गरी अग्रणी शैक्षिक परामर्शदाता ओली एन्ड एसोसिएट्स नेपालले अष्ट्रेलिया अध्ययनका अवसरबारे जानकारी दिन विशेष सत्र आयोजना गरेको छ ।

अष्ट्रेलियाको उत्कृष्ट शिक्षा प्रणाली, छात्रवृत्ति कार्यक्रम, र करियरको सम्भावनाहरूबारे विस्तृत जानकारी दिने उदेश्यले ओली एन्ड एसोसिएट्सले फेब्रुअरी २३ मा उक्त विशेष सत्रको आयोजना गरेको हो । पुतलीसडकस्थित स्टारमलमा आयोजना हुने यस शैक्षिक कार्यक्रममा विद्यार्थीहरुले बिहानको ११ः३० बजेदेखि दिउँसो ३ः३० सम्म अवलोकन गर्न सक्नेछन् ।

विशेष जानकारी सत्रमा सहभागी भई विद्यार्थीहरुले आईटी र कम्प्युटर विज्ञानमा अध्ययन तथा करियर सम्भावनाहरूको बारेमा जानकारी लिन सक्नेछन् । त्यसैगरी, छात्रवृत्तिको व्यवस्था र अन्य विशेष सुविधा, अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन् ।

जानकारी सत्रमा ओली एन्ड एसोसिएट्सले विद्यार्थीलाई विशेषज्ञहरूसँग निःशुल्क परामर्श दिनुका साथै विश्वविद्यालयमा भर्ना प्रक्रियाबारे समेत जानकारी दिनेछ ।

नेपालमा स्नातकको अध्ययन पूरा गरी कम्प्युटर साइन्स, डाटा साइन्स, एआई, मेरिन लर्निङ् साइबर सेक्युरिटि जस्ता विषयमा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले जानकारी सत्रमा सहभागी हुन सक्नेछन् ।

विगत २३ वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि ओली एन्ड एसोसिएट्सले मार्गनिर्देश गर्दै एक अग्रणी शैक्षिक परामर्श संस्थाका रुपमा आफ्नो अलग्गै छवी बनाउन सफल भएको छ ।

Logo