शिक्षक महासंघले दोस्रो चरणमा सडक आन्दोलन गर्ने, एकजुट हुन आह्वान

शिक्षक महासंघले दोस्रो चरणमा सडक आन्दोलन गर्ने, एकजुट हुन आह्वान

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघमा आबद्ध १५ वटा संगठनहरूले निर्णायक आन्दोलनका लागि आह्वान गरेका छन् ।

ति संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारीहरूका संघ संगठनहरूले फेरि निर्णायक आन्दोलन गर्नुपर्ने बेला आएको भन्दै जुट्न आह्वान गरेका हुन् । महासंघले फागुन २४ गतेसम्म पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

उक्त कार्यक्रम अनुसार देशभर स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रस्तर गरेर आन्दोलनका विभिन्न कार्यक्रम भैरहेका छन् ।

फागुन २४ गतेपछि दोस्रो चरणको आन्दोलनको घोषणा गरिने र त्यो आन्दोलनका लागि देशभरका शिक्षक कर्मचारीहरूलाई काठमाडौं बोलाउने महासंघले जनाएको छ । महासंघले गत माघ २० गते चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । सोही अनुसार देशभर आन्दोलन जारी राखेको छ ।

विगतका सबै सहमतिहरू सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिने मनसायसहित आन्दोलनको थालनी भएको उनीहरूको भनाइ छ ।

महासंघमा आबद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, राष्ट्रिय शिक्षक मञ्च लगायत १५ वटा संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोलनको लागि आह्वान गरेका हुन् ।

Logo