शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती

शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा २०औँ दिन सोमवार पनि शिक्षकहरु बिहान ९ बजेबाट काठमाडौंका सडकमा प्रदर्शनमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्नेलगायत उनीहरुको माग छ । शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

यो प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको छ ।

Logo