कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने बोर्डको निर्णय

कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने बोर्डको निर्णय

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण प्रभावित हुने देखिएपछि बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले यसअघि नै कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरिसकेका छन्। शिक्षकहरूको यो अडानका कारण निर्धारित समयमा परीक्षा सञ्चालन हुनेमा अन्योल सिर्जना भएको थियो । तर, बोर्डले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।

Logo