काठमाडाैं । नेपालको पहिलो र एकमात्र आइबी कन्टिनम स्कूल प्रिमियर इन्टरनेसनलमा ‘थ्यौरी अफ नलेज एक्जिविसन’ अर्थात् ‘टिओके एक्जिविसन’ सम्पन्न भएको छ ।
शुक्रबार स्कुलकै प्राङ्गणमा सम्पन्न उक्त नलेज सेलिब्रेसन कार्यक्रममा स्कूल परिवार तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । यस कार्यक्रममा विद्यार्थीहरुले नलेज कसरी पाउँछ त्यो नलेजको बारेमा गहन रिसर्चपछि भेटिएको ३ वटा प्रमुख विषयवस्तुका बारेमा व्यक्तिगत रुपमै प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रमअघि नै तयार पारिएको ३५ वटा भन्दा बढी प्रश्नहरु विद्यार्थीहरुले नै छनौट गरेर गहन प्रस्तुतीकरण दिएका थिए ।

स्कूलकी प्रिन्सिपल, समा क्षेत्रीले टिओके एक्जिविसनबाट विद्यार्थीहरुले आफ्नो सोचको दायरालाई वृहत रुपमा बढाउन सक्ने विश्वास लिइन् । उनले यही कार्यक्रमबाट प्रेरित भएर विद्यार्थीहरुले भविष्यमा अझैं बढी उपयोग गर्न सक्ने बताइन् ।
आईबी शिक्षा प्रिमियरमा नै किन ?
प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कूलले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । विशिष्ट श्रेणीको शिक्षा प्रदान गर्ने यस स्कुलको आफ्नै सुविधा सम्पन्न भौतिक संरचनाबाट पठनपाठन सञ्चालन हुँदै आएको छ । प्रिमियर इन्टरनेशनलले अंगालेको आइबी शिक्षण विधि विश्वकै नमुना र उपयुक्त विधि हो ।
विद्यार्थीको विशेषता पहिचान गर्दै गुणस्तरिय विधिमार्फत अहिलेको समय सुहाउँदो शिक्षण प्रणालीमा अध्यापन गराउँदै आएकोे प्रिमियर इन्टरनेशनलमा विद्यार्थीको संख्या पनि उल्लेख्य छ । यस शैक्षिक संस्थाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै आएको छ । ग्लोबल मार्केटमा फिट हुनसक्ने दक्ष विद्यार्थी उत्पादन गर्नु प्रिमियरको लक्ष्य नै भएको संस्खथाले जनाएको छ ।
नेपालमा प्रिमियर इन्टरनेशनल स्कुलले सुरु गरेको आईबी शिक्षा विश्वभरमै लोकप्रिय कार्यक्रम हो । आईबीलाई उत्कृष्ट पाठ्यक्रम मानिनुका साथै साथै खोजमूलक शिक्षा भनेर पनि चिनिन्छ । आईबी शिक्षामा विभिन्न उमेर समूहका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै कार्यक्रम हुन्छ । आईबी शिक्षा ३ देखि १९ वर्षका उमेर समूहका विद्यार्थीलाई लक्षित गरी दिइन्छ । आईबीमा ३ देखि ११ वर्षका विद्यार्थीहरूको लागि पीवाईपी, ११ देखि १६ वर्षका विद्यार्थीहरूको लागि एमवाईपी र डिप्लोमा कार्यक्रम (डीपी) गरी तीन मुख्य कार्यक्रम रहेका छन् ।
आईबी शिक्षाले विद्यार्थीको व्यक्तिगत क्षमता बृद्धि, अध्ययन बढाउनु साथै आशावादी बनाउने र चुनौतीहरूको सामना गर्न सक्ने बताउने संस्थाको भनाइ छ । यस कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूको ज्ञानको अभिवृद्धि गर्दै सीप विकास गर्न मद्दत गर्छ । सन्तानलाई स्वदेशमै रहेर ग्लोबल सिटिजन बनाउन चाहने अभिभावकका निम्ती आइबी एजुकेसन सही गन्तव्य हुने संस्थाको दाबी छ।





























प्रतिक्रिया