नेपाल मन्टेश्वरी एसोसिएसनद्वारा प्रि–स्कूलका सम्बन्धमा ओपन फोरम डिष्कसन सम्पन्न

नेपाल मन्टेश्वरी एसोसिएसनद्वारा प्रि–स्कूलका सम्बन्धमा ओपन फोरम डिष्कसन सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । नेपाल मन्टेश्वरी एसोसिएसनले काठमाडाैं उपत्यका र उपत्यका बाहिरका १२० भन्दा बढी प्रि–स्कूलका प्रिन्सिपल तथा अध्यक्षकाे सहभागीतामा ओपन फोरम डिष्कसन गरेको छ ।

काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल मन्टेश्वरी एसोसिएसनले प्रि–स्कुल, किन्डर गार्डेन र मन्टेश्वरीहरुले भोग्दै आएका विभिन्न समस्याहरुका बारेमा ओपन फोरम डिष्कसन गरेको हो । कार्यक्रममा काठमाडौं उपत्यका र उपत्यका बाहिर धरान, विराटनगरलगायत सहरका १२० भन्दा बढी प्रि–स्कूलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ओपन फोरम डिष्कसनमा सहरी जीवनशैली अपनाउने अभिभावकले आफ्ना सन्तानलाई आवश्यक अभिभावकत्व दिन कति सफल भए, प्रि–स्कूल, मन्टेश्वरी र किण्डर गार्डेनको मापदण्ड र ‘इडिसी’लाई दुई वर्ष गर्ने भनिएको समग्र प्रि–स्कुललाई कति उपयोगी छ भनी वृहत छलफल गरिएको थियो ।

नेपाल मन्टेश्वरी एसोसिएसन सेन्टर कमिटीकी अध्यक्ष पवित्रा लिम्बुले यस्तो प्रकारको कार्यक्रमले मन्टेश्वरी तथा किन्डर गार्डेनले ध्यान पुर्याउनुपर्ने कुराहरुका बारेमा थाहा पाएको बताइन् । यसका साथै अध्यक्ष लिम्बुले प्रि–स्कुलको क्वालिटी कसरी बढाउने ? साना नानीबाबुहरुको जग निमार्णमा महत्वपूर्ण योगदान दिन समर्थ भएर प्राइमरी स्कूलका लागि तयार गर्न पाउनु नै छलफलको मुख्य लक्ष्य रहेकाे जानकारी गराइन् ।

Logo