काठमाडौं । काठमाडौंको बाफलमा अवस्थित रुपिज इन्टरनेसनल स्कूलले ब्याक टु स्कुल (बिटिएस) फेयर सम्पन्न गरेकाे छ ।
विद्यार्थी, अभिभावक र स्कुल परिवारद्वारा दोस्रोपटक संयुक्त आयोजना गरिएको यो कार्यक्रममा रमाइलोका लागि गेमिङ, फुडलगायत विभिन्न प्रकारका स्टलहरु राखिएका थिए । उक्त राखिएको स्टलबाट सहभागीहरुले फुडलगायत विविध वस्तुहरु केही रकमको प्रयोग गरेर किन्नसक्ने व्यवस्था मिलाइएकाे थियाे । यस्तो प्रकारको कार्यक्रमहरु सञ्चालन गर्दा विद्यार्थीहरुबीच आपसी सम्बन्ध बढ्ने, सामाजसँग घुलमिल हुन सिक्ने विश्वास स्कूलकी फाउण्डर डाइरेक्टर रुपि सिंहले बताइन् ।

यसका साथै डाइरेक्टर सिंहले यस कार्यक्रमबाट उठेको पैसा स्कूलकै विकासमा प्रयोग हुने बताइन् । विद्यार्थी, अभिभावक र स्कुल परिवारको बाक्लो उपस्थिती रहेको उक्त फेयरमा सहभागीहरु निकै रमाएका थिए ।













































प्रतिक्रिया