काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलले आयोजना गरेको ‘स्टुडेन्ट लिडरसिप समिट’ सम्पन्न भएको छ ।
विद्यार्थीको लिडरसिप क्षमतालाई बढाउने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम गाेकर्णकाे ग्राण्ड नर्लिङ रिसाेर्टमा सम्पन्न भएको हो । ‘स्टुडेन्ट लिडरसिप अन्तर्गत स्टुडेन्ट एम्बेसडर, स्टुडेन्ट गभर्मेन्ट, स्टुडेन्ट स्पार्ट काउन्सिल, स्टुडेन्ट इडिटोरियल टिमजस्ता विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएको छ ।
यसरी आयोजना भएको लिडरसिप समिटमा लिडरसिप सिपका लागि तालीम दिइन्छ । त्यसैगरि वर्ष भरिमा के के गर्ने र कसरी गर्ने भन्ने विषयमा योजना बनाइन्छ । यसै योजनाका लागि स्कूलमा आइतबार ‘स्टुडेन्ट लिडरसिप समिट’ को आयोजना गरिएको हो ।
यस समिटमार्फत कक्षा ८, ९, १०, ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु लिडरसिपको लागि छनौट हुने गरेका छन् । उक्त समिटमा ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विद्यार्थीको लिडरसिपलाई विद्यार्थी स्वयंले नै छान्ने गर्छन् । स्टुटडेन्ट एक्टिभिटी काउन्सिलमा जसरी सांसद छनौटका लागि चुनाव हुन्छ, त्यसरी नै विद्यार्थीले आफ्नो लिडरसिप छनौट गर्ने गर्छन् र जसको पक्षमा धेरै भोट आउँछ उही नै क्लास रि-प्रीजेन्टेटिभ, स्कूल प्रिसिडेन्ट, भाइस प्रेसिडेन्ट छनौट हुन्छ ।

त्यसैगरी स्टुडेन्ट एम्बेसडरका लागि लिखित परीक्षा, मौखिक प्रस्तुती र अन्तर्वातामा सहभागी भई त्यसमा पास भएर छनौट हुन्छन् । स्टुडेन्ट इडिटोरियल टिममा क्यामेरा म्यान, लेखक, इडिटरलाई स्कीलको आधारमा छनौट गरिन्छ ।
‘स्टुडेन्ट लिडरसिप’ भनेको विद्यार्थीका लागि एक प्रकारको जागिर पनि भएको प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलकी निर्देशक प्रविना थापाले जानकारी गराइन् । उनले भनिन्, विद्यार्थीले नै चुनेका नेतृत्वलाई कसरी काम गर्ने भन्ने विषयमा तालीम दिइन्छ, यदि छनौट भएका लिडरले राम्रो काम गरेनन् भने उनिहरुको पदच्युत पनि हुन्छ ।’

स्कूलले अन्तर्राष्ट्रिय रुपमा लिड गर्न सक्ने गरि विद्यार्थीलाई तयार पार्दछ । त्यसैले लिडरसिपमा अन्य स्कूल भन्दा फरक कसरी हुने भन्ने विषयमा विशेष ध्यान दिने गरेको छ ।
विद्यार्थीमा ज्ञान, सिप भएता पनि आत्मविश्वास नभएकाले पछाडि परिरहेका हुन्छन् । त्यसैले विद्यार्थीलाई तिमी गर्न सक्छौं भन्ने आत्मविश्वास बढाउनका लागि पनि स्कूलले स्टुडेन्ट लिडरसिप समिटको आयोजना गर्दै आएको छ । यसको अर्काे उदेश्य भनेको स्कूलमा अध्ययनरत विद्यार्थीको नेतृत्व गरिरहेका नेतृत्वकर्ताले भविष्यमा देशको वा विश्वमै नेतृत्व गर्ने क्षमता राख्छन् भन्नु पनि हो ।





























प्रतिक्रिया