प्रिमियर इन्टरनेशनल स्कूलमा ‘थ्योरी अफ नलेज’ प्रदर्शनी सम्पन्न

प्रिमियर इन्टरनेशनल स्कूलमा ‘थ्योरी अफ नलेज’ प्रदर्शनी सम्पन्न

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । नेपालकै पहिलो र एकमात्र आईबी कन्टिन्युम स्कूल प्रिमियर इन्टरनेशनल स्कुलले ‘थ्योरी अफ नलेज एग्जिबिसन २०२५’ अन्तर्गत ‘ज्ञान मेला’ सफलतापूर्वक सम्पन्न गरेको छ।

आईबी डिप्लोमा प्रोग्राम अन्तर्गत वर्ष १ का विद्यार्थीले ज्ञान र यथार्थबीचको सम्बन्ध खोज्ने उद्देश्यसहित तीन वस्तु र तिनमा आधारित लेखहरू प्रस्तुत गरेका थिए। विद्यार्थी, अभिभावक, शिक्षक र अतिथि विद्यालयका पाहुनाको सहभागिता रहेको कार्यक्रममा कृत्रिम बुद्धिमत्ता, इतिहास, जातीय ज्ञान प्रणाली र वैज्ञानिक नैतिकता जस्ता विविध विषयमा छलफल गरिएको थियो।

प्रधानाध्यापक शर्मा क्षेत्रीले विद्यार्थीको प्रस्तुतिमा गर्व व्यक्त गर्दै भनिन्, ‘थ्योरी अफ नलेज एग्जिबिसनले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिर सोच्न प्रेरित गर्छ, जुन दीर्घकालीन जीवन सीपको जग हो।’

‘ज्ञान मेला’ केवल शैक्षिक कार्यक्रम नभई, प्रश्न गर्ने, सोच्ने र संस्कृति जगेर्ना गर्दै विश्वसँग जोडिने सिकाइ यात्राको उत्सव बनेको थियो।

Skip This
Skip This
Logo