काठमाडौं । रुपिज इन्टरनेशनल स्कुलले कक्षा १२ र एटु लेभलको दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
बुधबार स्कुलले काठमाडौंस्थित मनाङ होटलमा एक कार्यक्रमको आयोजना गरी कक्षा १२ र एटु लेभलको २६ जना विद्यार्थीलाई दीक्षित गरेको हो । दीक्षित भएका विद्यार्थीलाई बधाई दिँदै स्कुलकी निर्देशक रुपि सिंहले विद्यार्थीलाई साहसिक भएर इमान्दारिताका साथ भविष्यमा अगाडि बढ्न सुझाव दिइन् ।
त्यसैगरी विद्यालयमा सिकेको ज्ञानलाई सम्हालेर राख्न पनि सुझाव दिइन् । उनले भनिन्, ‘‘भेट्नु र छुट्नु त प्राकृतिक नियम नै हो तर तपाईहरुको अनुहार र व्यबहार हामिले कहिल्यै विर्सने छैनौं । जीवनमा अघि बढ्दै जाँदा सर्वप्रथम असल मान्छे बन्नुपर्छ । मुख्य विषय शिक्षा हो, शिक्षा भएपछि अवसरहरु आफैं आउँछ ।’’

स्कुलकी भाइस प्रिन्सिपल मिरेली मोउवादले विद्यार्थीलाई सफलताको शुभकामना दिँदै भावी दिनहरुमा विद्यार्थीहरु भविष्य निर्माणका लागि संसारको जुनसुकै कुनामा गएपनि विद्यार्थी र रुपिज इन्टरनेशनलबीचको सम्बन्ध सधंै गाढा रहने बताइन् ।
‘तपाईको जोश जीवित राख्नुहोस्, जिज्ञासा कायमै राख्नुहोस्, दयालु बनिरहनुहोस्, र तपाईंको जरा कहाँबाट बढेको हो भन्ने कुरा कहिल्यै नबिर्सनुहोस् । तपाईंहरू सधैं हाम्रै अंश रहनुहुनेछ हामीले कहिल्यै विर्सने छैनौं ।’ उनले भनिन् ।
त्यसैगरी सिनियर स्कूलका कोअर्डिनेटर मिलन प्रधानले दीक्षान्त समारोहको क्षण भनेको विद्यार्थीका विगतका वर्षहरुमा गरेको प्रयासको एक झल्को मात्र भएको उल्लेख गरे । उनले भने, ‘आजदेखि तपाईंहरुको भविश्यको नयाँ युगको सुरुवात भएको छ । अब तपाईंहरु यात्रा भनेको अझ धेरै र नौलो कुरा सिक्नमा अग्रसर भएको छ । जुन सिपहरु तपाईंले रुपिज स्कुलमा सिक्नु भएको छ, त्यो सिप तपाईंहरुलाई भविष्यमा काम लाग्नेछ ।’

दीक्षान्त समारोहमा विद्यार्थीलाई एकाडेमिक एक्सिलेन्स, लिडर, च्याम्पियन, क्रियटिभ, स्प्रीट अफ द क्लास, मोस्ट इम्प्रुभ, इनोभेटर, आर्टिस्ट सोल, ह्यापी गो लक्की, कन्फिडेन्ट, रेडियन्ट, हम्बल एचिभर, काइन्डनेस एम्बेसडरजस्ता विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।





























प्रतिक्रिया