काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा २०८२ वैशाखको पहिलो हप्तामा भएको छात्रावास भर्नाको अन्तर्वार्तापछि प्रकाशित नामावलीलाई लिएर ठूलो विवाद चर्किएको छ । छात्रावास भर्ना विधानबमोजिम नामावली नभएको भन्दै सूचीमाथि पूर्वाग्रह र पक्षपातको आरोप लागेको छ र यसलाई सच्याउन माग गरिएको छ।
ग्रामीण विकास विभाग, राजनीतिशास्त्र संकायकी नियमित विद्यार्थी तथा २०७९ सालमा सबैभन्दा कम उमेरमा भागेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी कौशिला भट्टले यस विषयमा कडा आपत्ति जनाएकी छिन्। उनले प्रकाशित नामावलीमा दलित, अपाङ्ग, जेहेनदार, र दूरदराजका गरिब मधेसी तथा जनजाति समूहका छात्राहरूलाई जानीजानी भेदभाव गरिएको आरोप लगाएकी छिन्। यो कथित भेदभाव निर्वाचनको पूर्वाग्रहका कारण भएको उनको भनाइ छ। भट्टले क्याम्पस प्रशासनलाई अभिभावकीय भूमिका निर्वाह गर्दै सूची सच्याउन आग्रह गरेको बताएकी छिन्।

क्याम्पस प्रशासनबाट फर्किने क्रममा आफूविरुद्ध चरित्र हत्या गर्ने खालका समाचारहरू फैलाइएको भन्दै भट्टले ती समाचारहरू निराधार र भ्रामक रहेको बताएकी छिन्। उनले यो क्याम्पस प्रशासनले विषयलाई विषयान्तर गर्ने उद्देश्यले गरेको कार्य भएको आरोप लगाएकी छिन्।
न्यून शुल्कमा अध्ययन गर्ने संकायहरूमा समेत कम विद्यार्थी भर्ना गरिएकोमा असन्तुष्टि व्यक्त गरिएको छ। बीएबाट ११ जना, बीबीएस्बाट ११ जना, स्नातकोत्तरबाट ८ जना र बीएस्सीबाट ७ जना मात्रै भर्ना गरिएको छ। सो निर्भर कार्यक्रममा समेत विधानविपरीत नतिजा प्रकाशन भएकोमा प्रश्न उठेको छ। सभापति पदका एक प्रत्याशीले यदि क्याम्पस प्रशासनले यो नतिजा नसच्याएमा क्याम्पसका पदाधिकारीहरूका अन्य कमीकमजोरी र आर्थिक लेनदेनका विषयहरू सार्वजनिक गर्ने चुनौती दिएका छन्।

फरक क्षमता समूहकी नेतृ तथा पूर्व सदस्य आदरणीय शाहले पनि नतिजाप्रति असन्तुष्टि जनाएकी छिन्। उनले केही विद्यार्थीहरूलाई कुनै पनि शैक्षिक प्रमाणपत्रबिना नै भर्ना गरिएको र केहीको भारतीय बोर्डको नामबाट छापिएका प्रमाणपत्रका आधारमा भर्ना गरी सोभियो निर्वाचनमा प्रयोग गरी चुनाव धाँधली भएको आरोप लगाएकी छिन्।
पूर्व गाउँपालिका अध्यक्ष तथा विद्यार्थी नेत्री कौशिला भट्टले सबै विद्यार्थीलाई संयमता अपनाउन आग्रह गर्दै पूर्वाग्रहका आधारमा प्रकाशित छात्रावास भर्नासम्बन्धी सूचना सच्याउन पुनः आग्रह गरेकी छिन्। साथै, आफ्नो चरित्र हत्या गर्ने खालका समाचारहरू कपोलकल्पित र भ्रामक रहेको उनले दोहोर्याएकी छिन्।





























प्रतिक्रिया