काठमाडौं

सरकारले आगामी २०७७ साल भदौ २३ गते ‘साक्षर नेपाल’ घोषणा गरिने योजना अघि सारेको छ । "/>

०७७ भदौमा साक्षर नेपाल घोषणा गरिने सरकारको तयारी

०७७ भदौमा साक्षर नेपाल घोषणा गरिने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले आगामी २०७७ साल भदौ २३ गते ‘साक्षर नेपाल’ घोषणा गरिने योजना अघि सारेको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवस परेको यो दिन विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रपतिबाट घोषणा गराउने योजना पनि अगाडि सारिएको छ । साक्षर नेपाल घोषणा सम्बन्धी अवधारणापत्र अनुसार सरकारले यो तयारी गरेको हो ।

स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरी आगामी दुई वर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अवधारणापत्र तयार गरेको हो । अवधारणापत्रमा कक्षा ९ तथा १२ मा अध्ययनरत विद्यार्थीको स्वास्थ्य तथा जनसङ्ख्या र इच्छाधीन शिक्षा विषयको प्रयोगात्मक कार्य साक्षरता कक्षा सञ्चालनमा जोडी विद्यार्थीको मूल्याङ्कन गर्ने व्यवस्था मिलाइने छ ।

यसैगरी विद्यार्थीको घर परिवार वा छिमेकमा रहेका निरक्षर मध्ये निश्चित सङ्ख्यामा साक्षर गराएमा निजलाई प्रयोगात्मक अङ्क बापत पाउने अङ्क प्रदान गरिने उल्लेख छ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरिनेछ । अवधारणापत्रमा चार महिनासम्म सहभागीको अनुकूल समयमा दैनिक दुुई घण्टा र हप्तामा छ दिनका दरले कम्तीमा दुई सय घण्टा कक्षा सञ्चालन गरिने उल्लेख छ ।

अवधारणापत्रमा पालिका तहबाट साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । चालु आर्थिक वर्षमा सरकारले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ र सोही अनुरुप २०७७ साल भदौमा सो घोषणा गरिने योजना बनाइएको हो । २०६५ सालको बजेट कार्यक्रममा पनि दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम अगाडि सारिए पनि हालसम्म सो सम्भव हुन सकेको छैन ।

शिक्षा तथा मानव स्रोत विकासका अनुसार २०६७ सालमा घरधुरी सर्वेक्षण गर्दा १५ देखि ६० वर्ष उमेर समूहका ५१ लाख ७३ हजार निरक्षर नागरिक थिए अझै सो उमेर समूहका लाखौं नागरिक निरक्षर छन् । केन्द्रका अनुसार हालसम्म ४७ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo