कक्षा ११ को नतिजामा गम्भीर लापरवाहीको आशंका

कक्षा ११ को नतिजामा गम्भीर लापरवाहीको आशंका

केन्द्रबिन्दु
0
Shares

पोखरा । ३ महिना ८ दिनमै कक्षा ११ को परीक्षा सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले गम्भीर लापरवाही गरेको आशंका गरिएको छ । पोखरास्थित बोर्डको शाखा कार्यालय मातहतका १० जिल्लाको नतिजामा गम्भीर लापरवाही गरेको आशंका गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा ११ को नतिजामा लापरवाही भएको भन्दै परीक्षण प्रणालीमै छानविनको माग गरिएको छ । मुख्यतया विज्ञान संकाय अन्र्तगत केमेष्ट्रि, फिजिक्स र गणितमा विद्यार्थीले प्राप्त गरेको ग्रेड अपत्यारिलो भन्दै विद्यार्थी, अभिभावक र शिक्षकहरुले नतिजामा लापरवाहीको शंका गरेका हुन् ।

बोर्डका शाखा कार्यालय प्रमुख विष्णु नारायण श्रेष्ठले अपेक्षित ग्रेड आएन भनेर विरोध गर्नुको औचित्य नभएको बताए । ‘अपेक्षित ग्रेड आएन भनेर असन्तुष्टि आएको छ म आएको त डेढ महिना मात्रै भयो कस्ता परीक्षक थिए, कति थिए भन्ने मलाई यकिन पनि भएन’ उनले भने ‘सम्झन पर्ने कुरा के हो भने कापी परीक्षण गर्ने कर्मचारीले हैन, शिक्षकले नै हो ।’

यस विषयमा आफूले बोर्डको केन्द्रिय कार्यालयमा जानकारी गराई सकेको र के भएको रहेछ भन्ने बारे सम्बन्धित विद्यालयसँग बुझेर बोर्ड अघि बढ्ने बताए ।

Skip This
Skip This
Logo