गणित बोलौं ! केवल ५ दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

गणित बोलौं ! केवल ५ दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा निरन्तर नयाँ प्रयोगको आवश्यकता झनै तीव्र हुँदै गएको छ । विशेषगरी गणितजस्तो विषय, जुन प्रायः विद्यार्थीहरूका लागि डरको कारण बन्छ, त्यसलाई रमाइलो, स्पर्श गर्न मिल्ने र जीवन्त रूपमा प्रस्तुत गर्न सक्ने माध्यमको खोजी भइरहेका बेला एक ऐतिहासिक पहल सुरु भएको छ, गणित संग्रहालय ।

इम्बार्क अनम्याथ नामक संस्थाले नेपालमै पहिलोपटक सुरु गरेको यो संग्रहालय कार्यक्रम पारम्परिक पाठ्यपुस्तक शिक्षण विधिलाई चुनौती दिंदै विद्यार्थीलाई केन्द्रमा राखी, ‘गर्नुहोस् र सिक्नुहोस्’ भन्ने सैद्धान्तिक सोचमा आधारित छ । पाँच दिन र आठ हप्ताको सहभागितामूलक प्रक्रिया अन्तर्गत, यो संग्रहालय कार्यक्रमले केवल शिक्षण पद्धति मात्रै होइन, विद्यालयकै वातावरणलाई रुपान्तरण गर्ने प्रयास गरेको छ ।

अन्वेषणदेखि उद्घाटनसम्मको यात्रा

गणित संग्रहालयको यात्रा तीन प्रमुख चरणमा अघि बढ्छ । पहिलो चरण ‘एक्सप्लोर’ मा विद्यालयको वातावरण, कक्षाहरू, खुला स्थान र विद्यार्थीको सन्दर्भमा संभावनाहरूको खोजी गरिन्छ । संग्रहालयका प्रदर्शनीहरू कहाँ र कसरी मिलाएर राख्न सकिन्छ भन्ने मूल्यांकन यही चरणमा हुन्छ । यसले विद्यालयलाई आफ्नै ठाउँ र स्रोतको पुनः मूल्याङ्कन गर्न प्रेरित गर्छ ।

अर्को चरण ‘इन्स्टलेसन’ मा संग्रहालयका वस्तुहरू विद्यालयका विभिन्न कुनामा जडान गरिन्छ । अनम्याथ टिमले तयार पारेका विशिष्ट उपकरण, खेलहरू, पजलहरू र गणितीय अवधारणा प्रस्तुत गर्ने संरचनाहरू विद्यालयका भित्ता, कोठा वा खुला स्थानहरूमा स्थापना हुन्छन् । यो चरणले विद्यालयमा चहलपहल र कौतूहलको वातावरण सिर्जना गर्छ ।

तेस्रो चरण, जुन सबैभन्दा उत्साहजनक छ त्यो, ‘लेट्स स्पिक म्याथ’ हो । यही दिन संग्रहालयको औपचारिक उद्घाटन पनि हुन्छ । यस चरणमा अभिभावक, विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिन्छ, र विद्यालयमा गणितको उत्सवझैँ रमाइलो वातावरण सृजना हुन्छ । गणित पढाइको विषय मात्र होइन, प्रस्तुतीकरण र अनुभवको विषय हो भन्ने सन्देश यही दिन प्रवाह हुन्छ ।

Skip This
Skip This
Logo