काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ । त्यसका लागि आज बोर्ड बैठक डाकिएको बताइएको छ । बोर्डका सदस्यहरुलाई नतिजाकाे डेमो देखाएर आज अपराह्नतिर सार्वजनिक गरिने तयारी भएकाे हाे ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । त्यसका लागि कर्मचारीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहेका थिए ।
गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।





























प्रतिक्रिया