काठमाडौं । अबदेखि शिक्षाबाहेकका विषय पढेकाहरुले पनि शिक्षक लाइसेन्सकाे परीक्षा दिन पाउने भएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन अब शिक्षा संकायबाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको हो । यो सहमतिसँगै शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने भएका हुन् ।
यसअघि शिक्षा संकाय लिएर अध्ययन गरेकाले मात्र शिक्षक लाइसेन्स परीक्षा दिन पाउने थियो । यद्यपी अब भने सबै शिक्षाबाहेकका अन्य विषयमा अध्ययन गरेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने बाटो खुलेको छ ।































प्रतिक्रिया