इन्लाइटनको ‘स्टडी अब्रोड बुटक्याम्प ९.०’ सम्पन्न

इन्लाइटनको ‘स्टडी अब्रोड बुटक्याम्प ९.०’ सम्पन्न

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्लाइटन इन्टरनेशनल एजुकेशनले आफ्नो नवौं संस्करणको ‘स्टडी अब्रोड बुटक्याम्प ९.०’ आयोजना गरेको छ ।

बागबजारस्थित इन्लाइटनको केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालित यो बुटक्याम्पमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो । सन् २०२५ को इन्टेकका लागि संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडा जस्ता शैक्षिक गन्तव्यहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि यो कार्यक्रम एक कोसेढुंगा सावित भएको आयोजकले जनाएको छ ।

‘स्टडी अब्रोड बुटक्याम्प ९.०’ ले विदेश अध्ययनको सम्पूर्ण प्रक्रियालाई समेट्दै विद्यार्थीहरूलाई विश्वस्तरीय परामर्श र मार्गदर्शन प्रदान गरेको छ । विश्वविद्यालय छनोट, छात्रवृत्ति अवसर, वित्तीय कागजात तयारी, भिसा प्रक्रिया, र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अंग्रेजी भाषा परीक्षणहरू (आईईएलटीएस, पीटीई, टोफेल, डुओलिंगो, र स्याट) को तयारी सम्बन्धी विशेषज्ञ सुझावहरू यो बुटक्याम्पको मुख्य आकर्षण रहेका थिए ।

कार्यक्रममा ब्रिटिश काउन्सिल, पियर्सन र ईटीएसका प्रतिनिधिहरूले सञ्चालन गरेका गहन सत्रहरूले सहभागीहरूलाई यी परीक्षाहरूको तयारीमा स्पष्ट दिशानिर्देश प्रदान गरेको थियो । ब्रिटिश काउन्सिलकी अकाउन्ट म्यानेजर रसिका कार्कीले आईईएलटीएस, पियर्सनका रिजनल डेभलपमेन्ट म्यानेजर सुमन कृष्ण श्रेष्ठले पीटीई, र ईटीएसका सिनियर कन्सल्ट्यान्ट सौरभ श्रेष्ठले टोफेलबारे जानकारीमूलक सत्रहरू सञ्चालन गरेका थिए ।

इन्लाइटनका एक्जिक्युटिभ डाइरेक्टर सिता भट्टराईले प्लस २ का विद्यार्थीहरुले रिजल्ट आइसकेपछि मात्रै अप्लाई गर्छु भनी सोच बनाएर बसेका विद्यार्थीहरुलाई इन्लाइटनको केन्द्रीय कार्यालयमा आएर आफूले पढ्ने विषय, विश्वविद्यालय, विश्वविद्यालयको शुल्क र आवश्यक सबै डकुमेन्टहरुबारे बुझ्न सुझाव दिइन् ।

उनले बुटक्याम्पको समयमा मात्रै नभएर अन्य समयमा पनि विशेष परामर्श दाताहरुले परामर्श दिइने भएकाले उच्च शिक्षाका लागि बाहिर जान चाहने विद्यार्थीहरुका लागि इन्लाइटन इन्टरनेशनल सबैभन्दा राम्रो संस्था भएको जानकारी दिइन् ।

यस्तै, कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ ब्रिजपोर्टका कन्ट्री म्यानेजर–नेपाल अमर श्रेष्ठ, साउथइस्ट मिसौरी स्टेट युनिभर्सिटीका इन्टरनेशनल रिक्रुटर विष्णु पाण्डे, विलियम प्याटरसन युनिभर्सिटीका इन्टरनेशनल रिक्रुटमेन्ट म्यानेजर रोजिका पोखरेल र क्यानाडाको युनिभर्सिटी क्यानडा वेस्टका एसोसिएट डाइरेक्टर नेत्र प्रसाद कोइरालाले विद्यार्थीहरूसँग अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीले यो बुटक्याम्पले विदेश अध्ययनको योजना बनाउन स्पष्ट मार्गदर्शन दिएकोमा खुशी व्यक्त गरे ।

इन्लाइटनले सहभागीहरूलाई आईईएलटीएस, पीटीई, टोफेल, डुओलिंगो र स्याट कोर्सहरूमा ३० प्रतिशत छुटसहितका विशेष बोनस अफरहरू प्रदान गरेको थियो । त्यसैगरी, सहभागीहरूले आकर्षक उपहार ह्याम्पर, चलचित्र टिकट र रिचार्ज कार्डहरू जितेका थिए ।

इन्लाइटनले यस्ता बुटक्याम्पहरू नियमित रूपमा आयोजना गर्दै नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षाको अवसरसम्म पुर्‍याउने आफ्नो प्रतिबद्धता कायम राख्ने जनाएको छ । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरूका लागि यो कार्यक्रम एक महत्वपूर्ण कदम हो, जसले उनीहरूको शैक्षिक र व्यक्तिगत विकासमा ठूलो योगदान पुर्‍याउने काम गर्नेछ ।

यसैगरी कार्यक्रममा आएका विभिन्न देशका कन्सल्ट्यान्टहरुले इन्लाइटनको हस्पिटालिटी निकै उत्कृष्ट लागेको प्रतिक्रिया दिए ।

Logo