काठमाडौं । शैक्षिक संस्थाहरुको भीडमा छुटट्टै पहिचान बनाउँदै भविष्यमुखी र व्यावहारिक शिक्षाको पर्याय बन्दै आएको नाम हो, नेपाल मेगा कलेज । काठमाडौंको बबरमहलमा १५ वर्षअघि स्थापना भएको नेपाल मेगा कलेज सिकाइ विधिलाई नै फरक र समय सुहाउँदो कसरी बनाउने भन्नेमा केन्द्रित छ ।
विद्यालयस्तरदेखि स्नातकोत्तर तहसम्म अध्ययन गराउने यो कलेजमा उत्कृष्ट शैक्षिक कार्यक्रम, आधुनिक प्रयोगशालाहरू, समृद्ध पुस्तकालय, टेक्नोलोजीमैत्री शिक्षण प्रणाली र सिकाइ अनुकूल शैक्षिक वातावरण उपलब्ध छन् । विद्यार्थीहरू राष्ट्रिय परीक्षा बोर्डमा उत्तीर्ण मात्र होइन, बोर्ड टप गर्न सफल छन्, जसले कलेजको शैक्षिक धरातलको पुष्टि गर्छ ।
विद्यार्थीको चौतर्फी विकासका लागि नयाँ शिक्षण सिकाइका कार्यक्रमहरू थप गरी पठनपाठनको विधिमा नयाँ ढङ्गले अघि बढिरहेको छ मेगा कलेज ।
कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्ययन अध्यापन हुँदै आएको यस कलेजले राष्ट्रिय परीक्षा बोर्डले दिएको पाठ्यक्रममा मात्र सीमित नरही कक्षा ११ देखि नै मेडिकल र इन्जिनियरिङका थप कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ । फलस्वरूप, विद्यार्थीको चौतर्फी विकासका लागि नयाँ शिक्षण सिकाइका कार्यक्रमहरू थप गरी पठनपाठनको विधिमा नयाँ ढङ्गले अघि बढिरहेको छ मेगा कलेज ।
शिक्षा सबैको पहुँचमा पुगोस् भन्ने मान्यताका साथ, यस कलेजले गुणस्तरीय शिक्षा उचित शुल्कमा प्रदान गर्दै अभिभावकहरूसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको छ ।
नेपाल मेगा कलेजले शिक्षालाई किताबी ज्ञानको सीमाभन्दा बाहिर लगेको छ । सहशैक्षिक कार्यक्रम, नवप्रवर्तनात्मक शिक्षण विधि र व्यवहारिक अभ्यासमार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्नमा केन्द्रित यो कलेजले प्रत्येक विद्यार्थीको भिन्न क्षमता, रुचि र शैलीलाई ध्यानमा राख्दै, व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकासमा जोड दिँदै आएको छ ।
शिक्षा सबैको पहुँचमा पुगोस् भन्ने मान्यताका साथ, यस कलेजले गुणस्तरीय शिक्षा उचित शुल्कमा प्रदान गर्दै अभिभावकहरूसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको छ । शिक्षाको साँचो सार्थकता तब हुन्छ जब त्यसले जीवन बदल्छ, सोच बदल्छ र समाजलाई अगाडि बढाउँछ र यही दर्शनमा अडिएको नेपाल मेगा कलेजले हजारौं विद्यार्थीहरूको भविष्य उज्यालो बनाउँदै आएको छ ।





























प्रतिक्रिया