काठमाडाैं । शिक्षा क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि विशिष्ट पहिचान बनाउँदै आएको नाम हो, टेक्सास इन्टरनेशनल कलेज । यो केवल शैक्षिक संस्थामा मात्रै सिमित छैन, भविष्यका लागि अब्बल र गुणस्तरीय जनशक्ति उत्पादनका लागि उपयुक्त गन्तव्य पनि बनिरहेको छ ।
विगत १६ वर्षदेखि प्रि स्कूल हुँदै मास्टर्स तहसम्मको गुणस्तरीय र व्यवहारिक शिक्षा पस्कदै आएको टेक्सासले सरल र सुलभ मूल्यमा विद्यार्थीहरुलाई उज्यालो भविष्य देखाइरहेको छ । विद्यार्थीलाई जीवनका सबै मोर्चामा सक्षम बनाउने मार्गचित्र प्रस्तुत गर्दै टेक्सासले सफल मात्र होइन, असल र सक्षम पनि बन्नुपर्छ भन्ने कुरालाई मुल दर्शन बनाएको छ । आत्मा सन्तुलित भए मात्र प्रगति सम्भव हुन्छ र त्यसका लागि योग, ध्यान, आत्मविकास, समय व्यवस्थापनजस्ता अभ्यासहरू विद्यार्थीहरूको दैनिक शिक्षणको अंग बनाउनुपर्छ भन्ने मान्यता टेक्सासको छ ।
आत्मा सन्तुलित भए मात्र प्रगति सम्भव हुन्छ र त्यसका लागि योग, ध्यान, आत्मविकास, समय व्यवस्थापनजस्ता अभ्यासहरू विद्यार्थीहरूको दैनिक शिक्षणको अंग बनाउनुपर्छ भन्ने मान्यता टेक्सासको छ ।
बीबीए, बीआईटी, बीसीएम र बीएचएम तथा एमबीए, एमबीए इन हस्पिटालिटी म्यानेजमेन्ट र एमसीएस पढाइ हुने टेक्सासमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुँदै आएको छ । टेक्सास इन्टरनेशनल कलेजमा विद्यार्थीहरूलाई विषयगत दक्षता त दिइन्छ नै, साथसाथै व्यवहारिक सीपहरू पनि भरपूर रूपमा प्रदान गरिन्छ।
हरेक विद्यार्थीले रोजेको विषयअनुसार उसलाई व्यवहारिक प्रशिक्षण, सेमिनार, कार्यशाला र इन्डस्ट्री एक्सपोजरमा सहभागिता गराइन्छ । टेक्सासको सन्देश प्रष्ट छ, शिक्षा केवल डिग्री पाउने माध्यम मात्र होइन, यो व्यक्ति निर्माणको प्रक्रियाको मेरुदण्ड पनि हो। यहाँको शिक्षाले विद्यार्थीलाई केवल परीक्षामा होइन, जीवनको वास्तविक परीक्षा पास गर्न तयार बनाउने लक्ष्य लिएको छ ।





























प्रतिक्रिया