गुणस्तरीय शिक्षाको पहिचान, प्रसादी एकेडेमी

गुणस्तरीय शिक्षाको पहिचान, प्रसादी एकेडेमी

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । सन् १९९८ मा भएर विगत २७ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको प्रसादी एकेडेमीले गुणस्तरीय शिक्षाका लागि कसैसँग कुनै सम्झौता गरेको छैन । शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धताका कारण देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल प्रसादी एकेडेमी देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट घोषित भई पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल एकमात्र शैक्षिक संस्था हो ।

व्यवहारिक शैक्षिक पाठ्यक्रम, आर्थिकरुपमा सक्षम बनाउने शैक्षिक ज्ञान र विविध अतिरिक्त क्रियाकलाप प्रसादीका विशेषता हुन् । नवप्रवर्तन, समग्र विकास र व्यक्तिगत क्षमतालाई प्राथमिकता दिँर्दै प्रसादीले आफ्ना विद्यार्थीलाई अत्याधुनिक युगमा चुनौती सामना गर्न र प्रतिस्पर्धात्मक विश्वमा उत्कृष्टता हासिल गर्न तयार पार्दै आएको छ ।

प्रसादीले आफ्ना विद्यार्थीलाई अत्याधुनिक युगमा चुनौती सामना गर्न र प्रतिस्पर्धात्मक विश्वमा उत्कृष्टता हासिल गर्न तयार पार्दै आएको छ ।

विद्यार्थीहरूलाई केन्द्रमा राखेर अध्यापन गराउने यस एकेडेमीले आफ्नो क्षमता पहिचान गर्न, बौद्धिकताको विकास गर्न र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सधैं आफ्ना विद्यार्थीलाई प्रेरित गर्दै आएको छ । यस कलेजले विद्यार्थीलाई पढाउने भन्दा पनि कसरी पढ्ने भनेर मार्गर्दशन गर्छ । यसैको कारण विद्यार्थीहरु स्वतस्फूर्त पढाईमा प्रेरित हुने मात्र होइन, पढाईप्रति जिज्ञासु पनि हुने कलेजको मान्यता छ ।

अनुशासित र केन्द्रित शैक्षिक वातावरण प्रदान गर्नु, विद्यार्थीमैत्री, अन्तरक्रियात्मक सिकाइलाई प्रवद्र्धन गर्नु, परिश्रम, आत्म–सम्मान, आत्मविश्वास, र अरूप्रतिको सम्मान जस्ता मूल्यहरू समावेश गर्नु, प्रभावकारी शिक्षणका लागि उचित शिक्षक–विद्यार्थी अनुपात कायम राख्नु यसका उद्धेश्य हुन् । यसका लागि प्रसादीसँग सुयोग्य शिक्षक समूह र उत्तरदायी व्यवस्थापकीय समूह सधैं गतिशिल छन् ।

ललितपुरमा रहेको प्रसादी पढ्न विद्यार्थीहरुमा होडबाजी चल्छ । सीमित सिटमा मात्र विद्यार्थी भर्ना गर्ने प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउँदै आएको छ ।

Logo