सूचना प्रविधि र व्यवस्थापन शिक्षामा अग्रणी, एनसीसीएस कलेज

सूचना प्रविधि र व्यवस्थापन शिक्षामा अग्रणी, एनसीसीएस कलेज

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेशनल कलेज अफ कम्प्युटर स्टडीज (एनसीसीएस) नेपालको शैक्षिक जगतमा चर्चित र लोकप्रिय नाम हो । काठमाडौंको पकनाजोलमा अवस्थित यस शैक्षिक संस्थाले विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको दुई दशक नाघिसकेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा हाल कक्षा ११ र १२ मा म्यानेजमेन्ट र साइन्ससहित स्नातकतर्फ ब्याचलर अफ इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर्स अफहोटल म्यानेजमेन्ट प्रोग्राम (बीएचएम), ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी(बीएसी सीएसआईटी) तथा ब्याचलर्स अफबिजनेश म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर अफ कम्प्युटर एप्लिकेशन(बीसीए) पढाई हुँदै आएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने गरि अध्यापन गराउँदै आएको एनसिसिएसले निरन्तर उत्कृष्ट नतिजा हासिल गरेको इतिहास छ । यसको श्रेय दक्ष शिक्षक, उपयुक्त व्यबस्थापन, मेहनती विद्यार्थीलाई जान्छ ।

विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने गरि अध्यापन गराउँदै आएको एनसिसिएसले निरन्तर उत्कृष्ट नतिजा हासिल गरेको इतिहास छ ।

कलेजका कोअर्डिनेटर सिनियर रमेश मैलालीले एनसीसीएस विद्यार्थीहरुको पढाइसँगै व्यक्तिगत र विकासका लागि प्रतिवद्ध रहेको पाठ्यक्रमको ज्ञानलाई व्यवसायसँग जोड्नमा सदैव प्रतिबद्ध रहेको बताए ।

विद्यार्थीको सर्वाङ्गिण विकासका लागि एनसीसीएसले इन्डोर र आउटडोर खेलकुद, सेमिनार, वर्कसप, लगायत पाठ्यक्रमसंग जोडिएका गतिविधिमा विद्यार्थीलाई जोड दिने गर्छ । हरेक समस्या र चुनौतिको सामना गर्न सक्नेगरी विद्यार्थीलाई उचित परामर्श दिने भएकाले एनसीसीएस विद्यार्थी र अभिभावकको रोजाइमा पर्दछ ।

Logo