काठमाडौं । काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले आफ्नो स्थापनाको मात्र दुई दशक पूरा गरेको छ । तर आफूलाई इन्टरनेसनल लेभलको कलेजका रुपमा स्थापित गराइसकेको छ ।
सन् २०१९ मा ‘इन्टरनेसनल स्कुल अवार्ड’ अन्तर्गत ‘एक्सिलेन्स इन टिचिङ अवार्ड’ पाउन सफल जेभियर इन्टरनेशनल कलेजले ‘विद्यार्थीलाई जीवनका लागि तयार गर्ने’ मिसन लिएको छ ।
कक्षा ११ र १२, ए लेभल, बीसीए, बीएससी इन्भाइरोमेन्ट साइन्स, बीएससी माइक्रोबायोलोजी, बीबीएम, बीबीएस, बीएसडब्लु, एमबीएसलगायत बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको जेभियर इन्टरनेसनलको मुख्य चिनारी भने कक्षा ११ र १२ को अध्यापन नै हो ।
एसईईमा ४ जिपिए ल्याएका मेधावी विद्यार्थीले रुचाएको कक्षा ११ र १२ हो जेभियर इन्टरनेसनल ।
एसईईमा ४ जिपिए ल्याएका मेधावी विद्यार्थीले रुचाएको कक्षा ११ र १२ हो जेभियर इन्टरनेसनल । उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।
शिक्षण, भौतिक संरचना र नतिजामा अब्बल ठहरिएको जेभियर इन्टरनेशनलको विशेष पक्ष भनेको काउन्सिलिङ पनि हो। हरेक विद्यार्थीलाई नजिकबाट नियाल्दै उनीहरूलाई व्यक्तिगत तवरमा पथ प्रदर्शन गर्नु नै जेभियर इन्टरनेशनलको विशेषता हो ।
कलेजले खेलकुद, मनोेरञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक्स, फोटोग्राफी, कलालगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराउँदै आएको छ । शिक्षण, भौतिक संरचना र नतिजामा अब्बल ठहरिएको जेभियर इन्टरनेशनलको विशेष पक्ष भनेको काउन्सिलिङ पनि हो।































प्रतिक्रिया