गरिखाने शिक्षा र सफल भविष्यको गन्तव्य, काठमाडौं बर्नहार्ट कलेज

गरिखाने शिक्षा र सफल भविष्यको गन्तव्य, काठमाडौं बर्नहार्ट कलेज

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । प्रविधिको यो युगमा व्यवहारिक शिक्षा दिन र लिन नसके प्रतिस्पर्धामा आफूलाई उभ्याउन सकिन्न भन्ने कुराबारे हेक्का राख्दै काठमाडौं बर्नहार्ट कलेजले विद्यार्थीलाई सैद्धान्तिकका साथै गरिखाने शिक्षा प्रदान गर्दै आएको छ ।

यहाँ अध्ययन गरेका विद्यार्थीहरु एकपछि अर्को सफल बन्दै गएपछि २०६० सालमा स्थापना भएको यो कलेज ७७ वटै जिल्लाका विद्यार्थीको रोजाइमा पर्दै गएको छ ।

देशकै उत्कृष्ट शिक्षण संस्थाको सूचीमा आफूलाई उभ्याउन सफल बर्नहार्टमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नर्सरीदेखि मास्टर्ससम्मको पढाई हुने बर्नहार्टमा अध्ययन गरेका विद्यार्थीले अब्बल नतिजा ल्याउन सफल छन् । कक्षा ११ र १२ मा सतप्रतिशत नतिजा निकाल्न सफल यो शिक्षण संस्थाले त्रिवीको परीक्षामा डिस्टीङसन र बिबिएसमा बोर्ड टप गर्दै आएको छ । शिक्षामा नवीनता ल्याउने प्रयासमा रहेको बर्नहार्टको अर्को विशेषता हो, फाउण्डेशन क्लास ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत क्युएए मान्यता प्राप्त देशकै पहिलो प्राइभेट कलेज बर्नहार्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै पुरस्कार र सम्मान ग्रहण गरेको छ । बर्नहार्टलाई २०७६ सालमा शिक्षा मन्त्रालयले उत्कृष्ट निजी महाविद्यालय र विज्ञान विज्ञान तथा प्रविधि मन्त्रालयले “बेस्ट कलेज” को उपाधि नै दियो ।

नर्सरीदेखि मास्टर्ससम्मको पढाई हुने बर्नहार्टमा अध्ययन गरेका विद्यार्थीले अब्बल नतिजा ल्याउन सफल छन् ।

६.७४ रोपनी क्षेत्रफलमा फैलिएको यो कलेजको भोतिक पूर्वाधार सुविधा सम्पन्न छ । पठनीय वातावरण, आधुनिक प्रयोगशाला, पूर्णरूपमा सुसज्जित कक्षा कोठा, सेमिनार हल, पुस्तकालय, रूफटप क्याफेटेरिया, लिफ्ट, खेलमैदान, बेसमेन्ट पार्किङ यसका विशेषता हुन् । विद्यार्थीलाई करियर काउन्सिलिङ गर्ने बर्नहार्ट अब केवल कलेज मात्र नभई उत्कृष्ट शिक्षाको केन्द्र र समावेशी सिकाइ वातावरणको प्रतीक बनेको छ ।

Logo