ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज, जहाँ सैद्धान्तिक ज्ञानसँगै व्यावसायिक सफलता सुनिश्चित छ

ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज, जहाँ सैद्धान्तिक ज्ञानसँगै व्यावसायिक सफलता सुनिश्चित छ

केन्द्रबिन्दु
57
Shares

काठमाडाैँ । शैक्षिक क्षेत्रमा दुई दशक बढीको अनुभव हासिल गरेर पृथक पहिचान बनाएको कलेज हो, ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज । बालकुमारीमा विसं २०५६ सालमा खुलेको यो कलेज गुणस्तरीय शिक्षाका लागि कहलिएका कलेज पनि हो ।

आईएसओ मान्यता प्राप्त यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ज्ञान हासिल गर्दै लामो अनुभव प्राप्त गरेका अध्यापक, विशेषज्ञ, शिक्षाविद् र पेसाकर्मीहरुको साथ सहयोगमा सञ्चालनमा छ ।

स्नात्तोकत्तरसम्मको अध्ययन हुने यो कलेजमा समयअनुसार आफ्ना पाठ्यक्रमलाई परिमार्जन गर्दै प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धीत व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत ट्रिटन उत्तिकै अब्बल छ । उत्कृष्ट भौतिक पूर्वाधार, शान्त र वातावरणमैत्री कक्षाकोठा, पर्याप्त खेल मैदान छ । मल्टिमिडिया, अत्याधुनिक भौतिक पूर्वाधार लगायतले विद्यार्थीको सिकाइमा मद्दत पुगेको छ ।

प्रवेश परिक्षामा ३० प्रतिशतभन्दा माथि नम्बर ल्याउने विद्यार्थीलाई मात्र कलेजले भर्ना लिँदै आएको छ।

कलेजका प्राचार्य मदन शाक्यका अनुसार प्रवेश परिक्षामा ३० प्रतिशतभन्दा माथि नम्बर ल्याउने विद्यार्थीलाई मात्र कलेजले भर्ना लिँदै आएको छ। विज्ञान संकायका विद्यार्थीले ७ वटा विषयमा परीक्षा दिनुपर्नेछ ।

आईएसओ मान्यता प्राप्त यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ज्ञान हासिल गर्दै लामो अनुभव प्राप्त गरेका अध्यापक, विशेषज्ञ, शिक्षाविद् र पेसाकर्मीहरुको साथ सहयोगमा सञ्चालनमा छ । कलेजका साइन्स प्रोग्राम कोअर्डिनेटर देव कार्कीका अनुसार ट्रिटन कलेज सुरक्षित एकेडेमीको रूपमा समग्र विकासका लागि उपयुक्त गन्तव्य हो ।

विद्यार्थीको भविष्य निर्माणमा कुनै पनि कसर बाँकी नराख्ने यस कलेजमा बिहानी र दिवा दुवै सिफ्टमा पढाइ हुँदै आएको छ ।

विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धीत व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ ।ट्रिटनले विभिन्न चुनौति र अवसरलाई सम्बोधन गर्न र विद्यार्थीको करिअर सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्ने तथा अनुशासनमा राखेर शिक्षा दिने हुँदा भविष्यमा उच्च शिक्षा अध्ययनका लागि ट्रिटन दरिलो आधार हुनेमा ढुक्क हुन सकिन्छ ।

Logo