गुणस्तर शिक्षा, प्रविधि र सम्भावनाको संगमस्थल, भीएस निकेतन

गुणस्तर शिक्षा, प्रविधि र सम्भावनाको संगमस्थल, भीएस निकेतन

केन्द्रबिन्दु
984
Shares

काठमाडौं । देशकै पुरानो, स्थापित र विशिष्ट शैक्षिक संस्थाहरू मध्ये एक हो, भीएस निकेतन सेकेन्डरी स्कुल । वि.सं .२०३८ मा काठमाडौंको मुटु मिनभवनमा स्थापना भएको यस स्कुलले चार दशकभन्दा बढी समयदेखि नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । यस शैक्षिक धरोहरलाई “नेपालको लार्जेस्ट र लिडिङ इन्स्टिच्युसन” को पनि रूपमा चिनिन्छ ।

विद्यालयको प्रबन्ध सशक्त र अनुभवी व्यक्तित्वहरूले भरिएको छ, जसले विद्यार्थीहरूमा नवीन सोच, प्रभावकारी सिकाइ र नतिजामुखी शिक्षालाई प्रवद्र्धन गर्ने प्रेरणाको केन्द्रको रूपमा काम गर्दै आएको छ । यहाँका कार्यक्रम र करिअर मार्गदर्शन सेवाहरू विद्यार्थीलाई भावी चुनौतीहरूसँग जुध्न तयार पार्ने ढंगले डिजाइन गरिएको छ ।

अब्बल परिणामका साथ अध्यापन हुँदै आएको भीएस निकेतन उच्च शिक्षा अध्ययनका लागि उपयुक्त शैक्षिक गन्त्व्य हुनेमा दुई मत छैन ।

कक्षा ११ मा साइन्स, म्यानेजमेन्ट र ल को शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको भीएस निकेतन प्रत्येक वर्ष प्रतिशतसम्मको नतिजा ल्याउन सफल शैक्षिक संस्थाको सूचीमा दर्ज हुन्छ । परीक्षाफलमा विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शन नै यस स्कुलको समर्पित शैक्षिक संरचना र गुणस्तरीय व्यवस्थापनको प्रमाण रहेको स्कुलका प्रिन्सिपल रञ्जितकुमार पण्डितको दाबी छ ।

विद्यालयले आधुनिक प्रविधिमा आधारित शिक्षण विधि, प्रयोगात्मक कक्षाहरूका लागि अत्याधुनिक ल्याब, सम्पूर्ण पहुँचयुक्त पुस्तकालय र प्राविधिक साधनहरूले विद्यार्थीलाई पुस्ता अनुकूल, सक्रिय र व्यावहारिक ज्ञान प्रदान गरिरहेको छ । यस स्कुलमा अत्याधुनिक कम्प्युटर ल्याब, प्रयोगशालाहरू, विशाल पुस्तकालय, स्पोट्र्स ग्राउण्ड, डिजिटल क्लासरुमजस्ता आवश्यक सबै पूर्वाधारको व्यबस्था रहेको छ ।

शैक्षिक उत्कृष्टताको एक प्रमुख गन्तव्य, भीएस निकेतन सेकन्डरी स्कुल, जहाँ भविष्य निर्माण मात्र होइन, नेतृत्व विकास पनि हुन्छ ।

शैक्षिक उत्कृष्टताको एक प्रमुख गन्तव्य, भीएस निकेतन सेकन्डरी स्कुल, जहाँ भविष्य निर्माण मात्र होइन, नेतृत्व विकास पनि हुन्छ । शिक्षामा प्रयोगात्मक अनुभवलाई प्राथमिकता दिने भीएस निकेतनले अत्याधुनिक साइन्स ल्याबको व्यवस्था गरेको छ । साथै स्कुलले मेरिट बेसमा छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

विश्वबजारमा हरेक चुनौतीको सामना गर्न सक्ने नैतिकवान् सफल नागरिक बनाउने उद्देश्य सहित भीएस शिक्षण क्षेत्रमा अनवरत रुपमा रहेको छ । गुणस्तरीय शिक्षा दिन प्रतिबद्द र अब्बल परिणामका साथ अध्यापन हुँदै आएको भीएस निकेतन उच्च शिक्षा अध्ययनका लागि उपयुक्त शैक्षिक गन्त्व्य हुनेमा दुई मत छैन ।

Skip This
Skip This
Logo