केएमसी कलेजले सञ्चालन गरेको कक्षा ११ मा विज्ञान संकायका लागि प्रवेश परीक्षा सम्पन्न, १२ हजार विद्यार्थीले दिए परीक्षा

केएमसी कलेजले सञ्चालन गरेको कक्षा ११ मा विज्ञान संकायका लागि प्रवेश परीक्षा सम्पन्न, १२ हजार विद्यार्थीले दिए परीक्षा

केन्द्रबिन्दु
288
Shares

काठमाडौं । बागबजारमा अवस्थित काठमाडौं मोडल कलेज (केएमसी)ले आइतबार सञ्चालन गरेको कक्षा ११ का विज्ञान समूहको पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रवेश परीक्षामा लागि १५ हजार जना विद्यार्थीले आवेदन दिएका थिए, जसमध्ये १२ हजार जना विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा विहान ८ बजे सुरु भएको थियो । प्रवेश परीक्षा केएमसी बागबजारसहित काठमाडौं उपत्यकाभित्रका सातवटा परीक्षा केन्द्रहरूमा एकसाथ सञ्चालन गरिएको थियो ।

परीक्षाको नतिजा पूर्ण रूपमा पारदर्शी र त्रुटिरहित होस् भन्ने उद्देश्यले उत्तरपुस्तिकाको रूपमा ओएमआर सिट प्रयोग गरिएको थियो । विद्यार्थीहरूले ओएमआर सिटमा दिएका उत्तरहरू ओएमआर रिडर मेसिनको सहायताले मूल्यांकन गरिनेछ ।

उत्तरपुस्तिका मेसिनबाटै जाँचिने भएकाले नतिजा प्रकाशन हुन धेरै समय नलाग्ने बताइएको छ ।

केएमसी बागबजारका प्रिन्सिपल डा. नगेन्द्र अर्यालले भने, ‘ओएमआर उत्तर पुस्तिका मेसिनबाटै जाँचिने भएकाले विद्यार्थी धेरै भएपनि नतिजा छिट्टै आउँछ । ढिलोमा भोलि अपरान्हसम्म हामी प्रवेश परीक्षाको नतिजा प्रकाशित गर्ने तयारीमा छौँ । उक्त नतिजा विद्यार्थीहरूले फारम भर्दा उपलब्ध गराएको मोबाइल नम्बरमा एसएमएस मार्फत पठाइनेछ ।’

प्रवेश परीक्षाको माध्यमबाट मेरिटमा आउने २५ जना विद्यार्थीहरूलाई ‘केएमसी सिल्भर जुब्ली’ स्कलरसिप प्रदान गर्ने कलेजले निर्णय गरेको छ । त्यसैगरी विद्यार्थीले एसईईमा प्राप्त गरेको जीपिए र प्रवेश परीक्षामा प्राप्ताङ्कको समायोजन गरी मेरिट वेशमा पनि विद्यार्थीलाई छात्रवृत्तिहरू पनि प्रदान गरिनेछ ।

प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । यसले अभिभावक र विद्यार्थीहरूको गहिरो विश्वास झल्काउने प्रिन्सिपल डा. अर्यालले बताए । केएमसी बागबजारलाई भरोसा र विश्वासको केन्द्र बनाइदिएकोमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूप्रति आभार प्रकट पनि गरे ।

विभिन्न कारणले प्रवेश परीक्षामा सहभागी हुन नसकेका उपत्यकाका विद्यार्थीहरुका लागि केएमसी कलेजले असार २९ गते दिउँसो १ बजे दोस्रो चरणको प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यार्थीहरूको सहजता, पहुँच र सम्भावनालाई ध्यानमा राख्दै चरणबद्ध रूपमा प्रवेश प्रक्रिया अगाडि बढाइरहेको र यसै अनुरूप सबै प्रक्रियालाई व्यवस्थित, पारदर्शी र समयसापेक्ष बनाउने निरन्तर प्रयासमा रहेको कलेजले जनाएको छ ।

Skip This
Skip This
Logo