परिणाममुखी नतिजाका साथ विज्ञान र व्यवस्थापनको उत्कृष्ट गन्तव्य, निष्ट कलेज

परिणाममुखी नतिजाका साथ विज्ञान र व्यवस्थापनको उत्कृष्ट गन्तव्य, निष्ट कलेज

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । लैनचौरमा रहेको नेसनल स्कुल अफ साइन्सेस निष्ट कलेज वि.सं. २०५० सालदेखि निरन्तर शैक्षिक यात्रामा छ । यो तीन दशक लामो शैक्षिक अनुभवका साथ बेग्लै पहिचान कायम राखेको निष्ट कलेज निरन्तर शैक्षिक उत्कृष्टता, विस्तृत पूर्वाधार, समर्पित संकाय र विद्यार्थीहरूको समग्र विकासको प्रतिबद्धतामा निहित छ।

विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा अध्ययन अध्यापन गराउँदै आएको निष्ट विज्ञान र व्यवस्थापन संकायमा विशेष केन्द्रित छ । कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन विषय समावेश गरेको निस्टले सुरुवातबाट नै उत्कृष्ट नतिजा दिँदै आएको छ । कानुन र मानविकी संकायको समेत अध्ययन सुरु गर्ने तयारीमा रहेको यो कलेजले शैक्षिक क्षेत्रमा परिणाममुखी नतिजा पस्कँदै आएको छ ।

विद्यार्थीमा निखार ल्याउँदै पाठ्यक्रमसँगै प्रयोगात्मक अभ्यास दिन सह-पाठ्यक्रमसँग सम्बन्धित विविध गतिविधि एवम् अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिएको छ । निस्टले विद्यार्थीको सुविधालाई ध्यानमा राखेर स्वास्थ्य सेवा, यातायात सेवा, स्वस्थ क्याफ्टेरिया, पर्याप्त खेलकुद मैदानको समेत व्यवस्था गरेको छ । जेहेनदार विद्यार्थीका लागि छात्रावृत्तिको व्यवस्था समेत गरेको कलेजलेयुग सुहाउँदो प्रविधि भित्र्याएर सबै कक्षाकोठालाई अत्याधुनिक बनाएको छ ।

विद्यार्थीको व्यक्तित्व विकासका लागि प्रविधिमैत्री र भौतिक पूर्वाधारले सुविधासम्पन्न यो शैक्षिक संस्थामा आईटी एण्ड साइन्स क्लब, सोसल क्लब लगायत पनि सञ्चालनमा छन् । त्यसकारण निष्ट कलेज विज्ञान र व्यवस्थापनका विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्यमा हुनेमा द्विविधा छैन ।

Logo