काठमाडौं । ‘होम फर फ्युचर लिडर’ अर्थात् भविष्यका लागि एउटा कर्मठ जनशक्ति उत्पादन गर्ने भरपर्दो शैक्षिक संस्था, मनास्लु वर्ल्ड कलेज ।
काठमाडौंको चुच्चेपाटीमा रहेको मनास्लुले आफ्नो स्थापनाको छोटो समयावधिमा नै शिक्षा क्षेत्रमा आफूलाई अब्बल सावित गरिसकेको छ । मनास्लु, एउटा शिक्षण संस्थामात्र हैन, नेतृत्व, संस्कार, व्यवहारिक सीप र सामाजिक उत्तरदायित्वको संगम स्थल पनि हो । प्ले ग्रुपदेखि स्नातक तहसम्मको अध्यापन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् ।
मनास्लुले अमेरिकन हस्पिटालिटी एकेडेमीसँगको सहकार्यमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई सफ्ट स्किल तालिम प्रदान गर्दै आएको छ ।
आइएसओ मान्यता प्राप्त मनास्लुलाई डिजिटल क्लासरुम, ई-लाइब्रेरी, कम्प्युटर ल्याब, साइन्स ल्याबलगायतले प्रविधिमैत्री बनाएको छ । जटिल विषयलाई सहज, आकर्षक र अन्तरक्रियात्मक पद्धतिबाट समाधान खोज्ने यो कलेजले तालिम, स्थलगत भ्रमण, समूह कार्य र प्रोजेक्ट वर्कबाट सिकाइलाई सरल बनाउने गरेको छ । मनास्लुले अमेरिकन हस्पिटालिटी एकेडेमीसँगको सहकार्यमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई सफ्ट स्किल तालिम प्रदान गर्दै आएको छ ।
विद्यार्थीको क्षमता, आर्थिक अवस्था लगायतलाई आधार बनाएर पूर्णछात्रवृत्ति उपलब्ध गराउने मनास्लुमा अध्ययन गरेका विद्यार्थीले पूर्ण छात्रवृत्तिसहित एमबीबीएसको अध्ययन गरिरहेका छन् भने भारतीय दुतावासमार्फत शतप्रतिशत छात्रवृत्तिमा बिई र बिटेक पढिरहेका छन् ।
नास्लुका विद्यार्थीले मेडिकल, आईटी, व्यवस्थापन, खेलकुद, संगीत, पब्लिक स्पिकिङ, मोडल युएन, नमुना संसद् जस्ता क्षेत्रमा अग्रपंक्तिमा आफूलाई उभ्याएका छन् ।
व्यक्तित्व र नेतृत्व विकास, पब्लिक स्पिकिङ, समय व्यवस्थापन, आलोचनात्मक सोचलगायतका सीपहरू समावेश रहेको मनास्लुको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको छ, जसले विश्वबजार पहुँच बनाउन विद्यार्थीलाई सहज बनाउँछ । त्यसैले त मनास्लुका विद्यार्थीले मेडिकल, आईटी, व्यवस्थापन, खेलकुद, संगीत, पब्लिक स्पिकिङ, मोडल युएन, नमुना संसद् जस्ता क्षेत्रमा अग्रपंक्तिमा आफूलाई उभ्याएका छन् ।





























प्रतिक्रिया