गुणस्तरीय शिक्षा र सामाजिक उत्तरदायित्वको प्रतीक, मदरल्यान्ड सेकेन्डरी स्कुल

गुणस्तरीय शिक्षा र सामाजिक उत्तरदायित्वको प्रतीक, मदरल्यान्ड सेकेन्डरी स्कुल

केन्द्रबिन्दु
315
Shares

काठमाडाैं । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्र बोकेको सुन्दर नगरी पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ । गण्डकी प्रदेशमा मात्रै नभइ आफूलाई देशैभरका अब्बल शैक्षिक संस्थाहरुको सूचिमा उभ्याउन सफल मदरल्यान्ड शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेर अगाडि बढेको छ ।

सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा केन्द्रित रहेको मदरल्यान्डमा कास्की लगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।

कक्षा ११ र कक्षा १२ मा विज्ञान र व्यवस्थापक संकाय अन्तर्गतका विषय पढाउँदै आएको मदरल्यान्ड सेकेन्डरी स्कुलले स्थापनाको ३१ वर्षमा हजारौं जनशक्ति उत्पादन गरेको छ । सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा केन्द्रित रहेको मदरल्यान्डमा कास्की लगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई समान अवसर प्रदान गर्दै आएको यो शैक्षिक संस्थाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यमा जोड दिँदै उत्कृष्ट नतिजा आत्मसाथ गर्दै आएको छ । शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।

Logo