कोशी प्रदेशको शैक्षिक धरोहर, अरनिको आवासीय मावि

कोशी प्रदेशको शैक्षिक धरोहर, अरनिको आवासीय मावि

केन्द्रबिन्दु
711
Shares

काठमाडौं । मोरङ जिल्लाको विराटनगरमा वि.सं. २०३३ सालमा स्थापना भएको अरनिको आवासीय माध्यामिक विद्यालयले आफ्नो स्थापनाको झण्डै पाँच दशकमा आफूलाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा स्थापित गराएको छ । गुस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि कहलिएको अरनिकोले विद्यालय तहको परीक्षामा देशभरमै सर्वोत्कृष्ट अंक हासिल गर्दै आएको छ ।

स्थापनापछि अविछिन्न उत्कृष्ट नतिजा हासिल गर्दै आएको अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ । २०५६ सालदेखि कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको अरनिकोले विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ ।

अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ ।

यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् । त्यससँगै उत्कृष्ट व्यवस्थापन र वैज्ञानिक पठनपाठनले यसको गरिमालाई उँचो बनाएको हो । यही पृष्ठभूमिका कारण अरनिको पटकपटक सर्वोत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कारबाट पुरस्कृत भएको छ ।

Logo