बहुसंकायमा उच्च शिक्षाको आधार, दाङको ज्ञानज्योती मावि

बहुसंकायमा उच्च शिक्षाको आधार, दाङको ज्ञानज्योती मावि

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । दाङको तुलसीपुरमा सुलभ र गुणस्तरीय शिक्षाको प्रतीक बनेर उभिएको छ, ज्ञानज्योती माध्यमिक विद्यालय । लामो शैक्षिक यात्रा तय गरिसकेको विद्यालय प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्ने एक बृहत् संस्थाको रूपमा विकसित छ ।

ज्ञानज्योतीको मूल उद्देश्य स्थानीय समुदायलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु हो। अनुभवी शिक्षकहरू र आधारभूत शैक्षिक पूर्वाधारमा अब्बल यस विद्यालयमा सुसज्जित कक्षा कोठाहरू, पुस्तकालय, र विज्ञान तथा कम्प्युटरका लागि प्रयोगशालाहरू पनि उपलब्ध छन् ।

विद्यार्थीहरुको क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तर्निहित क्षमता प्रस्फुटन गराउनु ज्ञानज्योतीको कला हो ।

वि.सं. २०६५ बाट कक्षा ११ र १२ को कक्षा सुरु भएको यस विद्यालयले प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ सञ्चालन गर्दै आएको छ भने स्नातक तहमा बिबिएस, बिबिए, बिएस्सी, बिएस्सी, सिएस, आईटी, बिए, बिसिए, बिए, एलएलबी र स्नातकोत्तर तहमा एमबिएको पठनपाठन हुने गर्दछ ।

तुलसीपुरमा सुलभ र गुणस्तरीय शिक्षाको प्रतीक बनेर उभिएको छ, ज्ञानज्योती ।

विद्यार्थीहरुको क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तर्निहित क्षमता प्रस्फुटन गराउनु ज्ञानज्योतीको कला हो ।

शैक्षिक कार्यक्रमहरू बाहेक, विद्यालयले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप, खेलकुद र सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन प्रोत्साहन गर्दछ, जसले समग्र विकासलाई बढावा दिन्छ । यहाँका विद्यार्थीलेराष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आएका छन् ।

Logo