काठमाडौं । ललितपुरको बालकुमारीमा अवस्थित काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी) शिक्षामा समर्पित एक अनुभवी समूहले हाँकेको शैक्षिक संस्था हो । यस कलेजले गुणस्तरिय शिक्षा, उत्कृष्ट नतिजासहित दुई दशकको यात्रा तय गरिसकेको छ ।
केएमसीमा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ । यहाँ कक्षा ११, १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय छन् । यसैगरी स्नातकमा बीबीए, बीबीएम, बीए, बीबीएस, बीसीए, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा बीई, बीएससी सीएसआईटी र एमए (अंग्रेजी) र एमबीएसमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
लामो एवं गरिमामय शैक्षिक इतिहास, दिगो व्यवस्थापन, परिपक्व शिक्षक समूह केएमसी बालकुमारीको गुरुत्वबल हो ।
देशभरकै उत्कृष्ट कलेजहरुको सूचीमा केएमसीले पनि आफूलाई सगर्व उभ्याएको छ । यस कलेजलाई शिक्षा मन्त्रालयले २०७५ सालमा ‘उत्कृष्ट कलेज’को रुपमा सम्मान गरेको थियो । आजको युग सुहाउँदो पठन शैली अपनाउँदै विद्यार्थीलाई शैक्षिक मात्र नभई नैतिक रुपले पनि उत्तिकै जिम्मेवार बनाउन कलेजले उपयुक्त वातावरण बनाइदिएको छ ।
केएमसी बालकुमारीले हरेक वर्ष सतप्रतिशत नतिजा हासिल गर्दै आएको छ ।
पढेका कुरालाई कसरी जीवनमा उपयोग गर्ने ? कसरी समाज र राष्ट्रको हितमा लगाउने ? यही अनुरुप कलेजले मार्गदर्शन दिदै आएको छ । विद्यार्थीमैत्री कक्षाकोठा, प्रेरणदायी शिक्षक समूह, पुग्दो स्रोत साधन यसका खास आकर्षण हुन् ।































प्रतिक्रिया