काठमाडौं । नेपाल होस्टल एशोसिएसन र ग्रेस इन्टरनेशनल एजुकेशनको सहकार्यमा दिदीबहिनी कार्यक्रमको सुरुवात गरिएको छ ।
बुधबार ग्रेस इन्टरनेशनलको बुद्धनगरस्थित केन्द्रिय कार्यालयमा एक औपचारिक कार्यक्रम गरि ‘दिदीबहिनी कार्यक्रम’ को सुरुवात गरिएको हो । यस कार्यक्रम अन्तर्गत नेपाल होस्टल एशोसिएसनसँग आबद्ध गल्र्स होस्टलहरूमा बस्ने छात्राहरुले भाषा अध्ययनमा विशेष छुट पाउनेछन् । २ हजार मात्र शुल्कमा दुई महिनाको अंग्रेजी भाषा अनलाइन कोर्स प्रदान गरिने आयोजा पक्षले जनाएको छ ।
साथै, ग्रेस इन्टरनेशनलले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै काठमाडौं र ललितपुरका १२ वटा गल्र्स होस्टलहरूमा परीक्षण अवधिका लागि (३ महिना) निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको छ ।
विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत आवश्यकतालाई ध्यान दिँदै, ग्रेस इन्टरनेशनलको तर्फबाट पेन स्ट्यान्ड र पेन पनि वितरण गरिनेछ । कार्यक्रममा ग्रेस इन्टरनेशनलका सेल्स डाइरेक्टर अजय मल्ल ठकुरीले दिदीबहिनी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आगामी ६ महिनाभित्र यो सुविधा ५० देखि १०० वटा गल्र्स होस्टलहरूमा विस्तार गर्ने लक्ष्य रहेको जानकारी गराए ।
यस अभियानले छात्रावासमा बस्ने महिला विद्यार्थीहरूको सशक्तिकरणमा टेवा पुग्ने विश्वास गरिएको छ । ‘दिदीबहिनी कार्यक्रम’ ग्रेस इन्टरनेशनलको समावेशी सोच र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धताको एक सशक्त उदाहरणका रूपमा हेरिएको छ ।
उक्त कार्यक्रममा नेपाल होस्टल एशोसिएसन केन्द्रीय अध्यक्ष सुनिता लाकौल, महिला उपाध्यक्ष जया पौडेल, महासचिव प्रकाश पौडेल, सचिव राजु भुजेल ललतिलुर जिल्ला अध्यक्ष विद्या श्रेष्ठ, काठमाडौं जिल्ला सचिव सपना भट्टराई पराजुली, ललितपुर जिल्ला सचिव बाबुराम तिवारी लगायतको सहभागिता रहेको थियो।





























प्रतिक्रिया