ग्लोबल च्वाइस एजुकेशन कन्सल्टेन्टले आयोजना गरेको ‘एजुकेशन फेयर’ सम्पन्न, सहभागी विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट

ग्लोबल च्वाइस एजुकेशन कन्सल्टेन्टले आयोजना गरेको ‘एजुकेशन फेयर’ सम्पन्न, सहभागी विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । ग्लोबल च्वाइस एजुकेशन कन्सल्टेन्टले आयोजना गरेको ‘एजुकेशन फेयर’ सम्पन्न भएको छ ।

वैदेशिक अध्ययनमा जाने र जान चाहने विद्यार्थीलाई उचित मार्ग दर्शन गर्ने उदेश्यका साथ आयोजना गरिएको ‘एजुकेशन फेयर’ काठमाडौंको स्टार मलमा सम्पन्न भएको हो । यस फेयरको मुख्य उदेश्य वैदेशिक अध्ययनका विषयमा फैलिएको भ्रामक विषयप्रति कसरी सजक रहने, उचित परामर्श कसरी लिने र समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा उचित मार्ग दर्शन गर्नु रहेको थियो ।

एजुकेशन फेयरमा विश्वभरका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको उपिस्थिती रहेको थियो । वेबस्टर युनिभर्सिटी, कन्कोर्डिया युनिभर्सिटी, न्याशनल एकेडेमी अफ प्रोफेशनल स्टडीज (न्याप्स)को उपस्थिती रहेको थियो ।

उनीहरुले विद्यार्थीलाई ति विश्वविद्यालका बारेमा, कुन कोर्षमा अध्ययन गर्ने, कुन विश्वविद्यालयको छनौट गर्ने जस्ता विषयमा परामर्श दिएका थिए । उक्त फेयरमा ४ सयभन्दा बढी विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो ।

फेयरमा आवेदन दिने विद्यार्थीहरूले भाषा अध्ययनका लागि ५० प्रतिशत सम्मको स्कलरसिप प्राप्त गरेका छन् । त्यस्तै, आगामी दिनमा आवेदन दिने विद्यार्थीले विभिन्न मापदण्डका आधारमा २० देखि १०० प्रतिशत सम्मको स्कलरसिप पाउनेछन् ।

ग्लोबल च्वाइस एजुकेशन कन्सल्टेन्टले सन् २००९ मा स्थापना भएदेखि आईईएलटीएस, पिटिई, जिम्याट र जिआरईको कक्षा सञ्चालनसहित निरन्तर विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

Logo